Comments Add Comment

अबुधाबीमा नेपाली उत्पादनको बजार खोज्दै नेपाली दूतावास

युएई । नेपाली दूतावास अबुधाबीको कार्यकक्षमा विभिन्न प्रशासनिक काममा व्यस्त रहने दूतावासका द्वितीय सचिव कृष्ण अर्याल शुक्रबार सारजहाको एक होटलमा नेपाली उत्पादनहरुबारे प्रकाश पारिरहेका थिए ।

नेपालमा उत्पादित चिया, कफी, पिउने पानी, ढाकाका कपडा, मौलिक सुनका गहना, तयारी खाद्यपदार्थदेखि यार्सागुम्बा, पाँचऔंलेलगायत जडीबुटीको युएईस्थित बजारमा राम्रो सम्भावना रहेको विषयमा अर्यालले नेपाली तथा विदेशी प्रतिनिधिलाई प्रोजेक्टरमार्फत सचित्र वर्णन गरिरहेका थिए ।

गुणस्तरीय सामग्री पाइने तथा उत्पादन खर्च कम लाग्ने भएका कारण नेपाली सामग्रीहरुको राम्रो संभावना रहेको तथ्यगत रिपोर्ट सार्वजनिक गरिरहेका अर्यालको प्रस्तुतिले सहभागीको ध्यान केन्दि्रत गरेको थियो । नेपाली उत्पादनहरुबारे विदेशी प्रतिनिधिहरु पनि प्रभावित भएका थिए । विदेशी प्रतिनिधिहरुले नेपालको अपार प्राकृतिक सम्पदाबारे जानकारी हासिल गरेको प्रतिक्रिया दिएका थिए ।

सँगै नेपालमा उत्पादित सामग्रीहरुको विदेशी बजारमा केकस्तो सम्भावना छ भन्ने विषयमा नेपाली दूतावासले एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपालमा उत्पादन भएका बस्तुहरुको बजार खोजी गर्न र लगानी जुटाउन नेपाली तथा विदेशी व्यावसायीहरुबीच अन्तर्क्रिया भएको हो ।

उक्त कार्यक्रममा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तानलगायत मुलुकका बिभिन्न प्रतिनिधिसहित युएईमा स्थापित नेपाली व्यावसायीहरु सहभागी थिए ।

कार्यक्रममा नेपाली दूतावास युएईका कार्यबाहक राजदूत नेत्रबहादुर टण्डनले प्राकृतिक स्ा्रोत र साधनले सपन्न देश नेपालको प्राकृतिक सौन्दर्यताको प्रवर्द्धन गरी पर्यटन व्यवसायलाई विकास गर्नुपर्ने बताए । ‘नेपालीहरु विश्वमा इमानदार र अनुशासित भनेर चिनिएका छौं, यसैलाई हामीले प्रचार गरेर लगानी भित्र्याउन सक्छौं,’ उनले भने, ‘नेपाली उत्पादनको बजार विस्तार गर्नको लागि दूतावासले संभावनाहरुको खोजी गरिरहेको छ ।

कार्यक्रममा दूतावासका द्वितीय सचिव अर्यालले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारको विगत, वर्तमान अवस्था र संभावनाका विषयमा प्रस्तुति राखेका थिए ।

उनले नेपाली उत्पादनहरुको वर्गीकरण, आयात निर्यातका गन्तव्यहरुसहित बजार व्यवस्थापनका संभावनाका बारेमा प्रस्तुति गरेका थिए । युएईमा हल्यान्डबाट खानेपानी आयात भइरहेको प्रसंग जोड्दै अर्यालले नेपालको पानीको राम्रो बजार रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा नेपाल एअरलाइन्स युएईका प्रमुख रमेश पौडेल, नेपाली विजनेस काउन्सिल युएईका अध्यक्ष आसिफ अली सिद्दिकी, रिपोर्टस क्लबका अध्यक्ष ऋषि धमला, चिया प्रवर्द्धन युएईका लागि श्रीलंकाली वाणिज्यदूत तथा मन्त्री हसिथा डे अलविस, आर्मस्टङ मोटरका जनरल म्यानेजर सनिल सेहगल, उच्च प्राविधिक शिक्षालय हाइअर कलेज अफ टेक्नोलोजी अल एनका सहायक प्रोफेसर उत्सव केसी, टाइवर फेसन युएईका सञ्चालक टीकादत्त सिवा, अलसाया गु्रपका लक्ष्मीप्रसाद ढकाल, विजयकुमार यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष लक्ष्मण खनाल रहेका थिए ।

वक्ताहरुले नेपाली उत्पादनको वजारमा आउने चुनौती र सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए । अधिकांश वक्ताहरुले युएईमा नेपाली खाद्यन्न, सफ्टवेर, चिया, सागसब्जीको सम्भावना रहेको औल्याएका थिए । तर, नेपालको वैदेशिक व्यापार नीति असहज र अस्पष्ट भएका कारण नेपाली उत्पादनहरु निकासीमा समस्या रहेको अधिकांश वक्ताहरुको प्रतिक्रिया थियो ।

कार्यक्रम आइतबारदेखि बिहीबारसम्म संचानलन भएको थियो ।

दुई देशको सम्बन्धलाई सुदृढ पार्दै रोजगारीका सिलसिलामा रहेका करिब ५ लाख नेपालीहरुका समस्या समाधान गर्न मात्र नभएर जनचेतना जोगाउन, एनआरएन, नेपाली बिजनेस काउन्सिललयायतका क्रियाशील नेपाली संघसंस्थासँग सहकार्य गर्न दूतावास पछिल्लो समय अग्रसर देखिन्छ ।

पछिल्लो समय हरेक महिनाको अन्तरमा नेपाल र नेपाली कामदारसँग इमिरेटसमा कार्यक्रम आयोजना गरेर दूतावासले आफूलाई मजदुरमैत्री बनाएको छ । गत महिना सुरक्षित रेमिटेन्स र हुन्डीको कारोबार न्यूनीकरणको बारेमा दुतावासले अन्तक्रिर्या कार्यक्रमको आयोजना गरेको थियो भने आगामी महिनाको अन्तिम साता जनचेतना सम्बन्धी कार्यक्रम गर्ने दुतावासको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment