Comments Add Comment

कुश्मा–बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा


९ फागुन, फलेवास (पर्वत) । मर्मतका लागि बन्द गरिएको मुलुककै पहिलो केबुलकार मोडेलको कुस्मा बलेवा यान्त्रिक पुल तीन सातापछि सञ्चालनमा आएको छ ।

यान्त्रिक पुलको लट्ठामा प्राविधिक समस्या देखिएका कारण गत माघ १७ गतेदेखि बन्द गरिएको यान्त्रिक पुल आइतबारदेखि नियमित रुपमा सञ्चालनमा आएको हो ।

पुलले हरेक डेढ–दुई वर्षमा मसिनो लट्ठा परिर्वतन गर्दै आएको छ । पुलको लट्ठामा समस्या देखिएपछि बन्द गरिएको सेवा लट्ठा परिर्वतन गरी सञ्चालन गरिएको कुश्मा बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । भारतबाट प्राविधिक र लट्ठा झिकाएर मर्मतको काम सकेपछि सेवा सञ्चालन भएको हो ।

यान्त्रिक पुल बन्द हुँदा बागलुङको बलेवा क्षेत्रका झन्डै डेढ दर्जन गाविसका बासिन्दा र पुल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका थिए ।

पर्वत महोत्सबमा आउने दर्शकसमेत पुल बन्द हुँदा मर्कामा परेका थिए । पुल बन्द हुँदा १० लाख आय र मर्मतका लागि झन्डै  पाँच लाख गरी पुललाई  १५ लाख घाटा परेको कम्पनीले जनाएको छ । महोत्सवमा आउने दर्शक रोकिँदा पर्वत महोत्सवलाई समेत पाँच लाख घाटा लागेको आयोजकले जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment