Comments Add Comment

शर्लिन भन्छिन्-‘पैसाको अभावमा शारीरिक सम्बन्ध राखेकी छु’


बलिउड नायिका एवं कन्ट्रोभर्सियल क्विन शर्लिन चोपडाले चलचित्र करिअर सुरु गर्दाको समयमा पैसाका लागि शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी छिन् । चलचित्रबाट लोकप्रिय हुन नसकेपछि उनले चर्चामा आउनका लागि न्यूड फोटोसुट समेत गराइन् ।

सन् २०१२ को अगस्तमा आफूले पैसाको लागि शारीरिक सम्बन्ध राखेको उनले स्विकार गरेकी छिन् । उनले भनेकी छिन्-‘मैले न्यूड भएर भारतको सेवा गरेकी छु । मलाई भारत रत्न अवार्ड दिनुपर्छ ।’

कडा स्टेटमेन्ट दिनेमा बलिउड नायक साहरुख खान पनि पछि छैनन् । सन् २००९ मा आयोजित एक कार्यक्रममा साहरुखले भनेका थिए-‘म हमेशा पोर्न स्टार बन्न चाहन्थेँ । पोर्न स्टारको रुपमा आफ्नो देशको झण्डा अमेरिकामा फहराउन चाहन्थेँ ।’

सन् २०१४ मा कण्डोम ब्राण्डको प्रमोसनको क्रममा नायक रणविर कपुरले भनेका थिए-‘म हमेशा आफ्नो ब्यालेटमा कण्डोम राख्छु ।’ पछिल्लो चलचित्र ‘वन नाइट स्टे’ को प्रचारको क्रममा सन्नी लियोनीले भनेकी थिइन् कि-‘मैले वन-नाईट स्टे गरेकी छु । यदि कसैले मैले त्यस्तो गरेको छैन भन्छ भने बुझ्नुस् उ झुट बोलिरहेको छ ।’

करण जौहरको शो ‘कफी वीथ करण’मा नायिका दीपिका पादुकोणले नायक रणविर सिंहलाई कण्डम गिफ्ट दिन चाहेको भन्दै भनेकी थिइन्-‘रणविर कण्डमका पारखी हुन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment