Comments Add Comment

पुमासँग कोहलीले गरे १०० करोडको कीर्तिमानी सम्झौता

९ फागुन, काठमाडौं । क्रिकेट कप्तान विराट कोहली कुनै एकल ब्राण्डसँग १०० करोड प्रयोजन सम्झौता गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।

स्पोर्ट्स लाइफस्टाइल ब्रान्ड पुमाले कोहलीसँग ११० करोड भारुको सम्झौता गरेका छन् । यससँगै कोहलीले पुमाको ग्लोबल एम्बेसडरका रुपमा फुटबलर थिएरी हेनरी र ओलिभर जिराउड तथा तीव्र गतिका धावक उसेन बोल्ट र आसफा पोवेल जस्ता सिमित खेलाडीहरुको सूचीमा आफूलाई राखेका छन् ।

२८ वषर्ीय कोहलीको बाँकी करिअरलाई ढाक्ने गरी भएको ८ वर्षे सम्झौता अवधिमा निश्चित पारिश्रमिकका साथै ब्रान्डको व्यवसायिक सफलताका आधारमा रोयल्टी प्राप्त गर्नेछन् ।

कोहलीले विशेष लोगो र ब्रान्ड पहिचानका साथ स्पोर्ट्स् लाइफस्टाइल उत्पादनहरुको सिग्नेचर लाइन लन्च गर्न जर्मन कम्पनीसँग काम गर्नेछन् । सम्झौता रकम वाषिर्क १२ देखि १४ करोड हुने अनुमान गरिएको छ ।

‘पुमासँग रहेका महान खेलाडीहरुको सूचीमा जोडिन पाउँदा म गौरवान्वित छु’ कोहलीले टाइम्स अफ इन्डियासँग भनेका छन्, ‘पुमा र म दुवै पक्ष दिर्घकालीन साझेदारीका निम्ति प्रतिवद्ध छौं । पुमाले भारतमा छोटो अवधिभित्र हासिल गरेको लोकपि्रयता र बजारको नेतृत्वबाट म प्रभावित छु ।’

भारतस्थित पुमाका एमडी अभिषेक गांगुलीले कोहली युवाहरुका आइकन बनेको भन्दै यो सहकार्य दुवै पक्षका लागि फाइदाजनक हुने विश्वास व्यक्त गरेका छन् । पुमाले कोहलीलाई बेलायत, अष्ट्रेलिया, दक्षिण अपि|mका, मध्यपूर्वलगायत क्रिकेटको लोकपि्रयता रहेका बजारमा प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment