Comments Add Comment

दिनहुँ हिरोको फोटो खाने निर्णय किन गरे यी फ्यानले ?(भिडियो सहित)

आफ्नो मनपर्ने सेलिब्रेटीका लागि क्रेजी फ्यानहरुको पागलपनका विभिन्न उदाहरणहरु देख्न सुन्न पाइन्छ बेलाबेलामा । यस्तै क्रेजी फ्यानहरुको भीडमा एकजना नितान्त फरक फ्यान उदाएका छन् क्यानडामा । आफ्नो मनपर्ने हिरोप्रतिको उनको हरकतका बारेमा थाहा पाउनुभयो भने तपाइँ तिनछक पर्नुहुनेछ ।

हफिंटन पोस्टका अनुसार क्यानडाको टोरन्टोमा बस्ने नोह म्यालोनी नामक युवकले हरेक दिन अभिनेता जेसन सिगलको एक एकवटा फोटो खाने निर्णय गरेका छन् । उनले आफ्नो हिरोको फोटो त्यतिबेला सम्म दिनहुँ खाइरहनेछन् जतिबेलासम्म सिगलले उनको फोटो खाने छैनन् ।

युट्युबमा डगसिट नामक च्यानलमा यी युवकले अभिनेता जेसन सिगलको तस्वीर खाइरहेको भिडियोहरु अपलोड गरेका छन् । उनले हरेक दिन त्यसैगरी अभिनेताको फोटो खाने कुरा बताएका छन् र हरेक दिनका भिडियो अपलोड गर्नेछन् । स्मरण रहोस् अभिनेता जेसन सिगलले अमेरिकाको चर्चित टेलिभिजन शो हाउ आइ मेट योअर मदरमा काम गरिसकेका छन् ।

हेरौं भिडयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment