Comments Add Comment

यी हुन् प्रविधि जगतका १० शक्तिशाली महिला

गत फेब्रुअरी ११ मा ‘विज्ञानमा नारी’ नामक अन्तराष्ट्रिय दिवसका रुपमा विश्वभर मनाइयो । अन्य क्षेत्रमा जस्तै प्रविधि क्षेत्रमा पनि पुरुषको तुलनामा महिलाहरुको उपस्थिति कम छ र विश्वका चर्चित प्रविधि कम्पनीको व्यवस्थापन तहमा पुगेका महिलाहरु त औँलामा गन्न सकिने संख्यामा छन् । विश्वको प्रविधि उद्योगका चर्चित ११ महिला यी हुन् :

· शरिल  स्याण्डबर्ग

स्याण्डबर्ग फेसबुककी सिओओ हुन् । उनी सन् २०१२ देखि फेसबुकको बोर्ड अफ डाइरेक्टरमा छिन् । फेसबुकमा आउनुअघि उनले गुगलमा काम गरिन् र अमेरिकी अर्थमन्त्रीको चिफ अफ स्टाफको रुपमा पनि काम गरेकी थिइन् । उनले लिन इन: वुमन, वर्क एण्ड दी विल टु लिड नामक पुस्तक पनि लेखेकी छिन् ।

· सुसन वोज्सिकी

सुसन विश्वको सबैभन्दा ठूलो भिडियो शेयरिंग प्लाटर्फम युट्युबकी सिइओ हुन् । उनी मार्केटिंग म्यानेजरका रुपमा सन् १९९९ मा गुगलमा प्रवेश गरेकी थिइन् । त्यसको केही वर्षमै उनी गुगलको विज्ञापन तथा व्यापार विभागको वरिष्ठ उपाध्यक्षमा बढुवा भइन् । यु ट्युब र डबल क्लिक गुगलले खरीद गर्नुका पछाडिको आइडिया उनकै थियो । उनी सन् २०१४ देखि यु ट्युबको सिइओ छिन् ।

· मेग ह्वाइटम्यान

एचपी कम्पनीकी सिइओ ह्वाइटम्यानले प्रविधिको क्षेत्रमा निकै लामो समयदेखि काम गर्दै आएकी छिन् । सन् १९८० को दशकमा उनले दी वाल्ट डिज्ने कम्पनीमा उपाध्यक्षको रुपमा काम गरेकी थिइन् । उनले सन् १९९८ देखि २००८ सम्म इ बे को अध्यक्ष तथा सिइओे भएर पनि काम गरिन् । सन् २०११ म्ा उनलाई हेव्लट प्याकार्ड कम्पनी अर्थात् एचपी कम्पनीको सिइओ बनाइएको थियो ।

· गिनी रोम्टी

उनी आइबिएम कम्पनीकी अध्यक्ष तथा सिइओ हुन् । उनले सन् २०११ द्येखि यो कम्पनी हाँक्दै आएकी छिन् । उनलाई सन् २०१४ मा फोब्र्सले विश्वका सबैभन्दा शक्तिशाली १ सय महिलाको सूचिमा राखेको थियो भने फच्र्युन म्यागेजिनको विश्वका पचास शक्तिशाली व्यवसायिक महिलाको सूचिमा उनी लगातार १० वर्षसम्म परिरहेकी छिन् ।

· एन्जेला अरेन्ट्स

लक्सरी ब्राण्ड बर्बेरीको सिइओको रुपमा सन् २००६ देखि २०११ सम्म काम गरिसकेपछि एन्जेला खुद्रा तथा अनलाइन स्टोर विभागको वरिष्ठ उपाध्यक्षको रुपमा एप्पलमा छिरिन् । एप्पल छिरेको सुरुकै वर्ष उनी कम्पनीमा सबैभन्दा धेरै तलब भत्ता पाउने महिला कर्मचारी थिइन् र उनले वर्षमा ७ करोड डलर कमाइन् । उनी बेलायती प्रधानमन्त्रीको व्यवसायिक सल्लाहाकार समितिको सदस्यको रुपमा पनि काम गरिसकेी छिन् ।

· साफ्रा काट्ज

सन् १९९९ मा अमेरिकी कम्पनी ओरेकलमा जागिर सुरु गरेकी काट्ज हाल उक्त कम्पनीको सह प्रमुख कार्यकारी अधिकृत हुन् । उनी सन् २००१ द्येखि ओरेकलको बोर्ड अफ डाइरेक्टरमा छिन् । सन् २००४ मा कम्पनीको अध्यक्ष बनेकी उनी सन् २०१४ देखि मार्क हर्डसँगै कम्पनीको संयुक्त सिइओ छिन् ।

· रथ पोर्याट

गुगलको मातृ कम्पनी अल्फाबेटकी मुख्य वित्तिय अधिकारी अर्थात् सिएफओ रहेकी पोर्याट गुगलमा काम गर्नुअघि मोर्गान स्टान्लेसँग आबद्ध थिइन् । त्यहाँ उनले सिएफओ तथा उपाध्यक्ष भएर सन् २०१० देखि २०१५ सम्म काम गरिन् । सन् २०११ म्ाा फोब्र्सको विश्वका शक्तिशाली १ सय महिलाको सूचिमा उनी ३२ औँ स्थानमा थिइन् ।

· उर्सुला बर्नस

उर्सुला सन् १९८० देखि जेरोक्स कम्पनीमा कार्यरत छिन् र सन् २००९ देखि उक्त कम्पनीको सिइओ छिन् । उनले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको निर्यात परिषदको उपाध्यक्ष भएर पनि काम गरिन् ।

· देबजानी घोष

सेमिकन्डरक्टर कम्पनी इन्टेलको सेल्स तथा मार्केटिंग विभागकी उपाध्यक्ष रहेकी देबजानी कम्पनीको दक्षिण एसिया क्षेत्रकी प्रबन्ध निर्देशक पनि हुन् । उनी भारतकी शक्तिशाली ५० महिलाको सूचिमा ११ औँ स्थानमा रहेकी छिन् ।

· भनिथा कुमार

क्वालकोम टेक्नोलोजिज कम्पनीमा सफ्टवेयर इन्जिनियरिंग विभागकी उपाध्यक्ष रहेकी भनिथाले वायरलेस प्रविधिको उद्योगमा झण्डै दुइ दशकदेखि काम गर्दै आएकी छिन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment