Comments Add Comment

सावधान ! खाना खाएलगत्तै नगर्नुस् यी काम

स्वस्थ रहनका लागि केवल राम्रो खानपान मात्र पर्याप्त हुँदैन । खानापछि हामीले के गर्छौँ भन्ने कुरामा ध्यान दिनुपनि जरुरी हुन्छ । खानुको पूरा फाइदा हामीलाई तब मिल्छ, जब पाचन सही तरिकाले हुन्छ र खानाका सबै पोषक तत्व हाम्रो सरीरले लिन सक्दछ ।

अधिकांस मानिसहरु खाना खाइसकेपछि जान अन्जानमा यस्ता काम गर्छन् जसले स्वास्थ्यमा नकारात्मक असर पूराउँदछ । खाना खाएलगत्तै गर्न नहुने काम यी हुन्:

· हिँडडुल गर्नु

खाना लगत्तै हिँडडुल गर्नाले सरीरमा रक्तसंचारमा असर पुग्दछ । साथै पाचन क्रिया पनि राम्रोसँग हुँदैन र एसिडिटीको समस्या हुन्छ । त्यसैले खाना खाएको कम्तिमा आधा घण्टापछि मात्र टहल्न निस्किनु राम्रो हुन्छ ।

· चिया पिउनु

खाना खाएलगत्तै चिया पिउनु पनि स्वास्थ्यबर्धक हुँदैन । चियापत्तिमा अम्लीय तत्व हुन्छ । खानालगत्तै चिया पिउनाले प्रोटिन राम्रोसँग पच्न पाँदैन र अपचको समस्या पैदा हुन्छ । खाना खाएको २ घण्टापछि मात्र चिया पिउनु राम्रो हुन्छ ।

· नुहाउनु

नुहाउने समयमा हाम्रो सरीर चिसो हुन्छ, जसको असर रक्तप्रवाहमा समेत पर्दछ । यसले पाचन क्रिया सुस्त हुन्छ । खाना राम्रोसँग नपच्नाले एसिडिटी, पेटमा ग्यास बन्ने तथा कब्जियत आदिको समस्या पैदा हुन्छ । त्यसैले खाना खाएको कम्तिमा आधा घण्टासम्म नुहाउनु हुँदैन ।

· फलफूल खानु

खाना खाएको तुरुन्तै पछि फलफूल खानाले राम्रोसँग पच्न पाउँदैन । जसका कारण त्यसको पूरै पोषक तत्व सरीरले लिन पाउँदैन । जसका कारण एसिडिटी तथा अपचको समस्या पनि पैदा हुन सक्दछ । त्यसैले खानेकुरा खाएको कम्तिमा १ घण्टापछि मात्र फलफूल खानु राम्रो हुन्छ ।

· धुम्रपान

खाना खाएलगत्तै पिएको चुरोटले अघिपछि पिएको चुरोटको तुलनामा १० गुणा धेरै असर पार्दछ । यसले क्यान्सरको खतरा बढाउनुका साथै मुटु तथा स्वासप्रस्वासको समस्या पनि बढाउँदछ । सकेसम्म धुम्रपान नै नगर्नु बेस हुन्छ । अझ खाना खाएको २ घण्टासम्म त चुरोट पिउनै हुँदैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment