Comments Add Comment

परिवर्तन उल्टाउने र धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन दिन्नँ: प्रधानमन्त्री

९ फागुन, काठमाडौं । सरकारले आज स्थानीय चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । साथै परिवर्तन उल्टाएर देशलाई अराजकतातिर लैजाने र धमिलो पानीमा माछा मार्ने सपना पूरा हुन नदिने उनले बताए ।

निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन)को महाधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले एकैपटक गर्ने गरी स्थानीय चुनावको मिति घोषणा गर्ने बताए । साथै आगामी कात्तिक/मंसिरमा प्रदेश र केन्द्रको चुनाव एकसाथ हुने उनले बताए ।

संविधान संशोधन भएपछि मात्र चुनाव गर्नुपर्छ भन्ने र संशोधन गर्नै हुँदैन भन्ने दुबै अतिवाद सोच भएको भन्दै उनले सरकारले बीचको बाटो लिने बताए । संविधान संशोधन प्रक्रियागत रुपमा अघि बढ्ने भन्दै उनले भने, ‘संविधान कार्यान्वयन पहिलो कुरा हो । त्यसका लागि आज म निर्वाचन घोषणा गर्दैछु ।’

उनले चुनावको तयारी गर्न र सफल पार्न सबैलाई अपिल समेत गरे ।

साथै संविधान संशोधनलाई प्रक्रियाबाट टुंगो लगाउन दलहरु सहमत भएका आफूले विश्वास लिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले कुनै पनि किसिमको विखण्डनवाद स्वीकार्य नभएको उनको भनाइ छ । ‘अलगाववादलाई सहन सकिँदैन तर मधेस, पहाड र हिमाललाई जुटाउन र सहमतिमा ल्याउन मेहनत गर्नु राष्ट्रको हितमा छ,’ उनले भने ।

धमिलो पानीमा माछा मार्न दिन्नँ

प्रधानमन्त्री प्रचण्डले संविधानको स्वीकार्यता बढाउने भन्दै जाँदा निर्वाचन हुने कि भन्ने आशंका बढेको र, केहीले धमिलो पानीमा माछा मार्ने सपना देख्न थालेको बताए ।

तर, यो पुरा हुन नदिने उनले बताए । उनले भने, ‘रियाक्सनरीहरु निर्वाचन नै नभएदेखि सम्पूर्ण परिवर्तन उल्टिएर फेरि निरंकुशता/अराजकतातिर देश गयो भने धमिलो पानीमा माछा पार्न पाइन्छ कि भनेर हेरेका छन् । म सरकार प्रमुखको तर्फबाट भन्न चाहन्छु, संविधान कार्यान्वयन गरिनेछ । कुनै पनि हालतमा यसलाई उल्टाउने दिवासपना पुरा हुन दिइने छैन ।’

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफू खुकुरीको धारमा हिँडेको बताए । ‘तर, मेरो पुरै जीवन नै खुकुरीको धार र आगोको रापमै खेलेर वितेको हुनाले यो पार हुन्छ,’ उनले भने ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment