Comments Add Comment

घातक हुनसक्छ योगा, गर्नअघि जान्नैपर्ने कुरा

योग गर्नु आफैमा उत्तम हो, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि । स्वास्थ्यप्रति सचेत जोकोही योग अभ्यास गर्न थालेका छन् । नियमित योग अभ्यासले शरीरलाई चुस्त, स्फूर्त राख्न गर्छ । मन चंगा गराएर सकारात्मक भाव पैदा गराउँछ ।

यद्यपी योगको पनि साइट इफेक्ट छ । कतिपय अवस्थामा योग गर्नु घातक हुनसक्छ । त्यसैले योग गर्नेलाई यसको विधि, समय लगायतका बारेमा ज्ञान हुनुपर्छ ।

सबैका लागि उपयोगी हुँदैन

योगका विभिन्न विधी एवं आसन हुन्छन् । यस्ता आसन सबैका लागि उपयोगी हुन्छ भन्ने छैन । कतिपय का निम्ति त योगासनले घातक नतिजा दिनसक्छ । खासगरी गर्भवती, रोगी, शल्यक्रिया गरेका, मधुमेह, उच्च रक्तचाप भएकाहरुलाई कतिपय आसनले उल्टो असर पुर्‍याउँछ । त्यसैले योगासन गर्नुअघि प्रशिक्षकको सल्लाह लिनैपर्छ ।

अझ राम्रो त के हुन्छ भने, आफ्नो रोग अनुरुप उचित योगासन गर्नु फाइदाजनक हुन्छ । कुन रोगका लागि कस्तो योगासन गर्ने ? थाहा हुनुपर्छ ।

सबैले गर्न मिल्ने योग

योगका केहि विधी चाहि सबैले गर्न सक्छन् । जस्तो सूर्य नमस्कार, चन्द्र नमस्कार जो कोहिले गर्न सक्छन् । यस्तै बालासन, शवासन, पद्यासन गर्नका लागि पनि कुनै छेकबार छैन ।

कहिले गर्ने ?

योग गर्नका लागि सर्बोत्तम समय हो, विहान । खासगरी सूर्योदयभन्दा अगाडि । यदि यो समयमा योग गर्न संभव भएन भने दिनमा पनि योग गर्न सकिनेछ । तर, खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नु हुन्न । योग गर्नु तीन घण्टा अघि र एक घण्टा पछि केहि खानेकुरा खानु हुन्न ।

कहाँ गर्ने ?

जथाभावी योग गर्नु त्यती उचित हुँदैन । खासमा योग गर्ने स्थान शान्त, स्वच्छ हुनुपर्छ । योग गर्ने स्थान प्रदूषित हुनुहुँदैन । पर्याप्त हावा आउजाउ नगर्ने ठाँउ पनि योगका लागि प्रतिकुल हुन्छ । सकेसम्म बगैंचा, छत, खुला कोठा आदिमा योग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment