Comments Add Comment

नागरिक उड्डयन प्राधिकरणले माग्यो १२७ कर्मचारी

९ फागुन, काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणले ७५ जना कर्मचारीको लागि खुला दरखास्त मागेको छ । विभिन्न पदमा पूर्तिका लागि थप ५२ जनालाई करारमा बरिष्ठ अधिकृतमा भर्ना गर्न लागिएको छ ।

आज एक विज्ञापन प्रकाशित गर्दै प्राधिकरणले खुलतर्फ उपनिर्देशक तथा प्रवन्धकदेखि सहायकसम्मका पददमा दरखास्त मागेको हो ।  करारको छुट्टै सूचना पनि प्राधिकरणले निकालेको छ ।

विभिन्न प्रशाशनिक तथा प्राविधिक पदहरुमा पनि उसले जागिर खुलाएको छ । इलेक्ट्रिकल इञ्जिनियर, एयर ट्राफिक कन्ट्रोलर, टेलिक कम्युनिकेशन इञ्जिनियर, एनोटिकल इञ्जिनियर लगायत प्रशाशीयक अधिकृत लगायतका उच्च पदमा पनि खुला दरखास्त मागिएको छ ।

लेखा अधिकत, बरिष्ठ सहायक र सहायक पदहरुमा पनि दरखास्त आह्वान गरिएको छ ।

सूचना हेर्नुस्

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment