Comments Add Comment

बाग्लुङका भीम सुनारले बनाए चारपांग्रे गाडी

भीम सुनार र उनले बनाएको नमूना गाडी

९ फागुन, काठमाडौं । बाग्लुङका १८ वर्षीय युवक भिम सुनारले ‘ओशियन’ नामको नमूना गाडी बनाएर काठमाडौंमा सार्बजनिक गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी चार पांग्रे गाडीको नमूना सार्वजनिक गरेका हुन् ।

कक्षा १२ मा अध्ययनरत सुनारले यसअघि हेलिकोप्टर, डोजर र यन्त्र मानव (रोबोट) बनाइसकेका छन् ।

पत्रकार सम्मेलनमा सुनारले भने, ‘यो गाडी ८० हजार लगानीमा निर्माण भएको छ । ३ लाख खर्च गरेर बनाउने हो भने एकदमै राम्रो गाडी बनाउन सक्छु ।’

उनले बनाएको गाडीमा बाइकको इन्जिन प्रयोग गरिएको छ । तर, स्टेरिङ भने आफैले बनाएको उनले बताए ।

कृषि क्षेत्रको विकासमा समर्पित हुने लक्ष्य लिएको बताउने सुनारले आगामी दिनमा गहुँ, कोदो, धान, भटमासलाई मेसिन मार्फत सरल व्यवस्थापन गर्ने र तरकारी काट्ने मेसिन बनाउने बताए ।

आफ्नो सिप र दक्षतालाई राज्यले उपयोग गर्नुपर्ने उनले बताए ।

‘राज्यले सहयोग गरेको खण्डमा हामी जस्ता केही गर्न चाहने युवाहरू स्वदेशमै बसेर देश विकासमा केही गरेर देखाउन सक्छौं,’ उनले भने, ‘यदि राज्यले हेरेन भने विदेश पलायनको विकल्प रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment