Comments Add Comment

प्रजातन्त्र दिवसको अवसरमा बृहत स्वास्थ्य शिविर सम्पन्न

९ फागुन, स्याङ्जा । प्रजातन्त्र दिवसको अवसरमा लायन्स क्लव अफ पोखरा आदर्श समाजले स्याङ्जाको चापाकोट नगरपालिकामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका ७ सुन्तलिटारस्थित गंगालाल माविको प्रांगणमा सम्पन्न स्वास्थ्य शिविरमा पेट, छाति तथा मुटु, हाडजोर्नी, नशा, नाक, कान, घाँटी उपचार, बालरोग, स्त्रीरोग, आँखा तथा जनरल सर्जिकलका साथै भिडियो एक्स-रे, इसीजी तथा विभिन्नल्याब सेवा सञ्चालन गरिएको थियो ।

शिविरमा ९१७ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका थिए भने करिव ३ लाख बराबरको औषधि वितरण गरिएको थियो ।

शिविरका लागि पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टरले प्राविधिक सहयोग गरेको थियो भने डा. गोपि प्रसाद हिराचन, डा. रघुवंश त्रिपाठी, डा. सुदीप पराजुलीलगायत ६ जनाको संयुक्त टोली र चार जना आँखा बिशेषज्ञसहित १३ जनाको टोलीले स्वास्थ्य जाँच गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment