Comments Add Comment

नेपाल क्रिकेट संघको निलम्बन फुकुवाबारे आईसीसीले जुनमा निर्णय लिनसक्ने

फाइल तस्वीर

९ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले आगामी जुन (जेठ-असार)मा नेपाल क्रिकेट संघ क्यानका निलम्बन फुकुवाबारे महत्वपूर्ण निर्णय लिने सक्ने भएको छ ।

आईसीसीका प्रतिनिधि अमर शेखसहितको टोलीले हालै नेपाल आएर सल्लाहकार समिति र सरोकारबाला पक्षसँग छलफल गरेको छ । यो टोली फर्किए लगतै आईसीसीले आगामी जुनमा हुने बाषिर्क साधारण सभामा नेपालको सदस्यता निलम्बन फुकुवाबारे छलफल गर्ने जानकारी दिएको छ ।

यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत काठमाडौंमा हुने नेपाल र केन्याबीचको खेलका क्रममा आईसीसीको टोली फेरि काठमाडौं आउने छ । र, क्रिकेट संघको विधान संशोधन र निर्वाचनको कार्यतालिका तय गर्नेछ ।

आइसीसीका प्रतिनिधिसहित भएको बसेको सल्लाहकार समितिको बैठकले आफ्नो टीओआर तय गरेको छ । अब यो समितिले विधान संशोधनबारे छलफल थाल्नेछ ।

सल्लाहकार समितिमा निर्वाचित क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई समावेश गर्ने साझदारी भएको छ । यससँगै यो समिति ८ सदस्यीय हुनेछ । तर, आईसीसीले भने यसबारे केही बोलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment