Comments Add Comment

तपाई पनि चढ्न सक्नुहुनेछ सलमान खानको साइकल

कहिले कहिं सलमान खान व्यस्त सडकमा साइक्लिङ गरिरहेको अवस्थामा देखिन्छन् । हुनपनि उनी साइकल कुदाउन निकै रुचाउँछन् । यि साइकलप्रेमी दबंग ब्वाईले ‘बिइङ ह्युमन’ ब्रान्डमा बिद्युतिय साइकल सार्बजनिक गर्दैछन् ।

विद्युतिय साइकलको अवधारणा स्वंम सलमान खानको हो । अहिले उनको पुरै समूह यो साइकल सार्बजनिक गर्नका लागि तयारीमा जुटेका छन् । यसको परीक्षण समेत भइसकेको छ । विइङ ह्युमन ई-साइकल हल्का, छरितो हुनका साथै कुल लुक्समा प्रस्तुत गरिदैछ ।

स्वचालित हुनेछ

सलमानले सार्बजनिक गर्न लागेको साइकल स्वचालित तथा व्याटि्रले चलाउन मिल्ने खालको हुनेछ । यसको ५ अलग अलग मोडल छन् । तपाईले यसमा एक पाइडल मार्नुभयो भने अर्को एक पाइडल स्वचालित हुनेछ । यसैगरी अन्य मोडलमा अटोमेटिक पाइडलको संख्या बढी हुनेछ ।

साइल उमेर समूह अनुसार फरक फरक मोडलमा उतारिदैछ । सलमान चाहन्थे कि, यस्तो चिज बनाउन पाइयोस् जो सबै उमेर समूहका लागि उपयोगी होस् ।

एप पनि सार्वजनिक

सलमान खानले यसअघि डिसेम्बरमा आफ्ना प्रशसंकका लागि बिइङइनटच नामक एप जारी गरेका थिए । उनले आफ्नो जन्मोत्सवमा यो एप ल्याएका थिए । उक्त एपले प्रशसंक र सलमानलाई जोड्नेछ । गुगल प्ले स्टोरबाट यसलाई सित्तैमा डाउनलोड गर्न सकिन्छ । एपमा सलमानसँग जोडिएको विभिन्न जानकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment