Comments Add Comment

सुरु भयो आना र आशिरमानको ‘ग्याङस्टार ब्लूज’को छायांकन


केहि महिना अगाडि घोषणा गरिएको चलचित्र ‘ग्याङस्टार ब्लूज’को छायांकन सुरु भएको छ । नेपालगञ्जबाट चलचित्रको छायांकन सुरु भएको निर्माणपक्षले बताएको छ । हेमराज बीसीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्दैछन् ।

बाँकेको नेपालगञ्ज, मुगुको रारा ताल र खप्तडमा चलचित्र खिचिनेछ । निर्माता न्यौपानेले ५० दिनको सेड्यूल लिएर छायांकनमा गएको बताए । चलचित्रको छायांकन सुरु हुनु भन्दा एक साता अगाडि नै यसका कलाकार, निर्माता, निर्देशक नेपालगञ्ज पुगेका थिए ।

सोमबारबाट छायांकन सुरु गरिएको चलचित्रका कार्यकारी निर्माता मनिष पण्डित हुन् । चलचित्रमा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरीको मुख्य भूमिका छ । चलचित्रको प्रदर्शन मिति आउँदो बर्षको भदौलाई तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment