Comments Add Comment

सलमानसँग एमी ज्याक्सनको केमेष्ट्री जम्दै, के दवंग ३ मा काम पाउलिन् ?

सलमान खानसँग एमी ज्याक्सनले २०१७ का लागि बीइङ ह्युमनको क्याम्पेनको सुटिङ गरिन् । सुटिङका क्रममा उनी निकै ‘मुड’ मा देखिएकी थिइन् ।

त्यसो त सलमान खान र एमी ज्याक्सनको सहकार्यको इतिहास पुरानो छ । सलमान खानको होम प्रोडक्सन फिल्म ‘फ्रीकी अली’ को समयदेखि उनीहरु सँगै थिए, जुन फिल्ममा एमीलाई नाबाजुद्दीन सिद्दीकीका साथ लिइएको थियो ।

यो फिल्मभन्दा अगाडि पनि एमीलाई दबंग खानको अपोजिटमा एउटा फिल्मको अफर आएको थियो ।

तर अन्य कमिटमेन्टले गर्दा उनले सो फिल्ममा काम गर्न भ्याइनन् । तर, त्यसपछिका दिनहरुमा उनले सलमानका हरेक अफरहरु स्वीकार्दै आइरहेकी छन् । सलमानको आगामी दबंग ३ मा उनलाई प्रमुख नायिकाको भूमिका दिइने चर्चासमेत छ ।

सलमान पनि यमीलाई खुब मन पराउँछिन् । यसको उदाहरण फ्रीकी अलीको एउटा कार्यक्रममा देखिएको थियो जहाँ उनले एमीका लागि तू हि मेरी दोस्त है बोलको गीत गाएका थिए । स्मरणीय के छ भने युवराज फिल्मको यो गीतमा सलमान र उनकी पूर्वप्रेमिका कैटरिना कैफले अभिनय गरेका थिए ।

त्यसो त एमी र सलमानबीच अपेयर रहेको चर्चालाई एमीले धेरैपटक खण्डन गरिसकी छिन् । तर सलमानसँग डेट जाने कुरालाई लिएर सोधिएको एक प्रश्नमा एमीले भनेकी थिइन्, ‘सलमानमा यस्तो कुनै जादू छ कि जोसुकै पनि उनीतर्फ तानिएर आउँछन् । अनि म चाहिँ कसरी अछुतो हुन सक्थेँ ।’ उनले अहिलेसम्म सलमानसँग धेरै समय बिताउने मौका आफूले नपाएको गुनासो गर्दै उनी भन्छिन्, ‘चान्स मिल्यो भने पक्कै पनि डेट जान इच्छुक छु ।’-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment