Comments Add Comment

अष्ट्रेलियामा बहुसाँस्कृतिक महोत्सव, नेपालीको पनि प्रस्तुति

२० फेब्रुअरी, क्यानबेरा । नेपालीहरुको समेत सहभागीतामा अष्ट्रेलियामा बहुसाँस्कृतिक महोत्सव सम्पन्न भएको छ । राजधानी क्यानबेरामा अष्ट्रेलियाको बहुसाँस्कृतिक मन्त्रालयले गत शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली चेलीहरुले प्रस्तुती दिएका थिए ।

अष्ट्रेलिया नेपाल फ्रेण्डसिप सोसाइटीका सचिव अनुशजंग पाण्डेका अनुसार शनिबारको कार्यक्रममा नेपालको तर्फबाट ओजस्वी पन्त, सावित्री खड्का र सृजना बस्नेतले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।

नेपाली चेलीहरुको आधाघण्टाको प्रस्तुतीसँगै नेपाली दूतावासले कार्यक्रम स्थलमा नेपाली हस्तकलाहरुको सामान सहितको स्टल पनि राखेको थियो ।

विगत सात वर्षदेखि अष्ट्रेलियाले आयोजना गर्ने बहुसाँस्कृतिक महोत्सवमा नेपालीहरुले पनि प्रस्तुति दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment