Comments Add Comment

‘पलाँस’को ‘हेल्प लिन सक्छौ’ गीत गाउनुहोस्, एक लाख जित्नुहोस् (भिडियाे)


चैत्र १८ गतेबाट रिलिज हुन लागेको निर्मात्री कृषा चौलागाई निर्मित चलचित्र ‘पलाँस’को एक गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतमा गायक सुगम पोख्रेलको आवाज छ ।

सुवास कोइरालाको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका रेखा थापा, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिका छ । रेखाको भूमिकालाई अहिलेसम्म निर्माणपक्षले गोप्य राखेको छ । निर्मात्री चौलागाइका अनुसार, ट्रेलर सार्वजनिकसँगै रेखाको भूमिका खुल्नेछ ।

यसैविच, चलचित्रको ‘हेल्प लिन सक्छौ म बाट’ बोलको गीतको ‘कभर गीत प्रतियोगीता’ आयोजना गरिएको छ । फाल्गुण ९ गतेबाट चैत्र १५ गतेसम्म यो गीतको कभर गीत गाएर पठाउन सकिनेछ । गीत गाएको अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न सकिनेछ ।

फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्नेछन् । प्राप्त कभर गीतमध्ये उत्कृष्ट ५ को चयन गरिनेछ । यसपछि, ‘पलाँस’को टिमले विजेताको घोषणा गर्नेछ । विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले जनाएको छ ।

यस्तै, ५ उत्कृष्ट कभर गीत गाउने प्रतियोगीले विशेष गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । लाइक र शेयर बढाउनका लागि फेसबुकमा वुष्ट गर्नेलाई असक्षम घोषणा गर्न समेत सकिने, शर्त राखिएको छ ।

विरगञ्जका विभिन्न क्षेत्रमा छायांकन गरिएको यो चलचित्रलाई लिएर नायिका रेखा थापा समेत खुबै उत्साहित छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment