Comments Add Comment

कुटुम्बको अष्ट्रेलिया यात्राः लाप्राक बस्ती सहयोगदेखि फुटबल टीमलाई प्रोत्साहनसम्म

२० फेब्रुअरी, पर्थ । नेपालको लोकप्रिय बाद्यवादकहरुको टीम कुटुम्ब मार्चको तेस्रो हप्ता अष्ट्रेलिया आउँदैछ । कुटुम्बको यो पहिलो अष्ट्रेलिया यात्रा हो ।

दक्षिण अष्ट्रेलियाको एडिलेडमा हुनेल नेपाल फेस्टिबलको क्रममा आउन लागेको यो टीम अष्ट्रेलियामा प्रमुख शहरहरुमा घुम्ने छ ।

पश्चिम अष्ट्रेलियाको पर्थमा भने अप्रिल १ मा पुगेर आफ्नो प्रस्तुति दिने कुटुम्बले अष्ट्रेलिया आई नेपाली लोकबाजाको प्रवर्द्धन गर्ने छ ।

कुटुम्बलाई अष्ट्रेलियामा निमन्त्रणा गर्ने सोलान्चरका क्रियटिभ डाइरेक्टर राजु शाक्यका अनुसार कुटुम्बले सिड्नी, मेलवर्न, पर्थ, एडिलेड र व्रिसवेनमा कार्यक्रम गर्ने छ ।

उनका अनुसार मार्च २२ मा काठमाडौंबाट उड्ने कुटुम्ब टीम २३ तारिकमा एडिलेडमा आइपुग्ने छ । त्यहाँ मार्च २५ मा नेपाल फेस्टिबल तय भएको छ ।

त्यस्तै मार्च २६ मा उक्त टीमले मेलवर्नमा आयोजना गरिने मम तथा म्युजिक फेस्टिबलमा सहभागी हुनेछ । ‘नेपालको लोकपि्रय खाजा मम र लोकसंगीत दुबैको प्रवर्द्धन गर्न यो फेस्टिबल आयोजना गरिएको हो,’ राजु शाक्यले भने ।

त्यस्तै कुटुम्बले अपि्रलमा पर्थ, अप्रिल ८ मा वि्रसवेन र अपि्रल ९ र १५ मा सिड्नीमा आफ्ना प्रस्तुति दिनेछ । मेलवर्न र सिड्नीमा नेपालको लाप्राकमा बन्दै गरेको बस्तीलाई सघाउन आयोजना हुने फण्ड राइजिङ कार्यक्रममा कुटुम्बको सहभागिता हुनेछ ।

पर्थमा आयोजना हुने कार्यक्रमबाट जम्मा हुने रकम पश्चिम अष्ट्रेलियाको नेप्लिज युनाइटेड फुटबल क्लबलाई सहयोग गरिने पर्थको आयोजक संस्था नमस्ते नेपालका दीपक शर्माले अनलाइनखबरलाई बताए । कुटुम्बको टीममा अरुण मानन्धर, किरण नेपाली, पनित महर्जन, राजु महर्जन, रुबिनकुमार श्रेष्ठ र सिद्धार्थ महर्जन रहेका छन् । टीमका व्यवस्थापक अरुण गुरुङ पनि सँगै अष्ट्रेलिया आउँदैछन् ।

नेपाली लोकबाजा अष्ट्रेलियामा किनै प्रिय छ । प्राय यहाँका रेष्टुरेन्टहरुमा कुटुम्बले सिर्जना गरेका धुन बजिरहेका हुन्छन् भने धुनमात्रै भएकाले गैरनेपाली बीचमा पनि लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment