Comments Add Comment

कर्पोरेट गल्फ २१ फागुनमा

काठमाडौं । दोस्रो ‘नयाँ पत्रिका स्विङ एन्ड विन कर्पोरेट गल्फ’ प्रतियोगिता २१ फागुनमा हुने भएको छ । नयाँ प्रकासन प्रालिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गल्फ प्रतियोगिता बारे जानकारी दिएको हो ।

एकदिने प्रतियोगिताका लागि नयाँ प्रकाशन र गोकर्ण गल्फ कोर्स रिसोर्टबीच यसअघि नै सम्झौता भइसकेको छ । गोकर्ण गल्फ कोर्सले प्रतियोगिताको प्राविधिक पक्षमा सहयोग गर्नेछ ।
एसियाकै चर्चित गल्फ कोर्समध्ये एक गोकर्ण गल्फ कोर्समा सय जना कर्पाेरेट गल्फरले सहभागीता जनाउेछन् । गल्फरले ३/४ ह्यान्डिक्याप फम्र्याटमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक पुरस्कार राशीमा ५० हजार रुपैयाँ वृद्धि गरेर तीन लाख पुर्‍याइएको छ । प्रतियोगिताको मुख्य आकर्षण होल इन वान रहने छ । यसपटक पनि होल इन वान गर्ने एक गल्फरले टियागो कार पाउनेछन् । टियागो कार १२ सय सिसी क्षमताको हो । यसको बजार मूल्य २८ लाख ५५ हजार रुपैयाँ छ ।

सिनियर पुरुष तथा महिला विजेताले आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् । विजेताले ७० हजार बराबरको गिफ्ट ह्याम्पर पाउनेछन् । पुरुष तथा महिला उपविजेताहरूले पनि आकर्षक पुरस्कार पाउने नयाँ प्रकाशनले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट ग्रोस, मोस्ट बर्डिज, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु पिन गर्ने गल्फर पनि पुरस्कृत हुनेछन् । गत वर्षको मुख्य उपाधि क्याप्टेन नोर्बु शेर्पाले जितेका थिए । महिलातर्फ रेखा घिमिरे च्याम्पियन बनेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment