Comments Add Comment

चुनाव घोषणा हुने अघिल्लो दिन उपेन्द्र यादव दिल्लीमा

यस्तो छ क्यान्सरपीडित बुहारीको दर्दनाक व्यथा

९ फागुन, काठमाडौं । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आइतबार दिउँसो २:४० बजेको उडानबाट अकस्मात् दिल्ली प्रस्थान गरे । उनी अझै केही दिन दिल्लीमै रहनेछन् ।

देशमा महत्वपूर्ण राजनीतिक परिवर्तन आउनै लागेका बेला यादव किन दिल्ली गए ? यसका पछाडि उपेन्द्र यादवकी बुहारीको दर्दनाक कथा जोडिएको छ ।

उपेन्द्र यादव नर्भिक अस्पतालबाट हजुरबुबा बनेका हुन् । बुहारीको सफल डेलिभरी नर्भिक अस्पतालमा गरिएको थियो । तर, दुर्भाग्य के भयो भने तीन महिनाकी सुत्केरी अवस्थामै बुहारीमा क्यान्सर देखापर्‍यो ।

त्यसपछि उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पतालमा लगियो । त्यहाँ उनलाई निको हुनु त परैजाओस् बोनम्यारोमा क्यान्सर देखापर्‍यो । त्यसपछि दिल्लीबाट एयर एम्बुलेन्स मगाएर उपचारका लागि लगियो ।

पारिवारिक स्रोतका अनुसार अहिले बुहारीको अवस्था अत्यन्तै नाजुक छ । अध्यक्ष यादवका छोराबुहारी करिब दुई महिनादेखि दिल्लीमा छन् । सुत्केरी अवस्थाबाटै ओछ्यानमा परेकी बुहारीको पिठ्युँको हड्डीसमेत मक्किन थालेकाले उनी उठ्नसमेत नसक्ने अवस्थामा पुगेकी छिन् ।

उपचारका क्रममा खर्चको अभावले उपेन्द्रका छोरा छटपटाइरहेको स्रोतले बतायो ।

उपेन्द्रले परिवारलाई ध्यान नदिएको गुनासो

बुहारीको अवस्था अत्यन्तै नाजुक भइसक्दा पनि उपेन्द्र यादवले उपचारमा ध्यान नदिएको र परिवारजनलाई खासै समय नदिएको गुनासो परिवारका सदस्यले मात्रै होइन, पार्टीभित्रकै कतिपय कार्यकर्ताले गर्न थालेपछि यादव आइतबार दिल्ली उडेका हुन् ।

‘बुहारीको अवस्था त्यस्तो भइसक्दा पनि अध्यक्षजी पार्टीमा अरुभन्दा सक्रिय रहिरहनुभयो, हामी त यसरी खट्न सक्दैनौं । संघीय समाजवादी फोरमका एक केन्द्रीय नेताले अनलाइनखबरसँग भने, ‘तर, उहाँले परिवारलाई भन्दा बढी पार्टीलाई ध्यान दिनुभयो ।’

उपेन्द्र यादवका स्वकीय सचिवको जिम्मेवारी सम्हालिरहेका महेश चौरसियाले पनि यादवकी बुहारीको अवस्था अति नाजुक रहेको हुनाले छोरा बुहारीलाई भेट्न उनी दिल्ली गएको बताए । चौरसियाले भने- ‘अध्यक्षज्युले परिवारलाई कम ध्यान दिनुभएकै हो, परिवारलाई समय दिँदा परिवारवाद भयो भन्छन् भन्न्े डरले पनि यस्तो भएको हुनुपर्छ, उहाँले बढी समय परिवारलाई भन्दा पार्टीलाई नै दिनुभयो ।’

दिल्लीमा राजनीतिक भेटघाट हुन सक्ने

बुहारीको उपचारका लागि दिल्ली पुगेका यादवको मुख्य काम उपचारको आर्थिक एवं अन्य व्यवस्थापनबारे हेरचाह गर्ने र छोरा बुहारीलाई सहानुभूति दिने नै रहेको स्रोतको भनाइ छ ।

तर, दिल्लीमा रहँदा त्यहाँका नेता एवं साथीभाइसँग भेटभाट र छलफल स्वाभाविक रुपमा हुन सक्ने र त्यसलाई अन्यथा लिन नमिल्ने स्रोतको भनाइ छ । स्रोत भन्छ- ‘माओवादी नेता नारायणकाजी श्रेष्ठ पार्टीको कार्यक्रममा जाँदा भारतीय नेतासँग अनौपचारिक भेट भएजस्तै उहाँको पनि अनौपचारिक भेटवार्ता हुन सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment