Comments Add Comment

चुनाव घोषणा भएकै दिन सिडिओ र प्रहरी अधिकारीको सरुवा

९ फागुन, काठमाडौं । सरकारले निर्वाचन घोषणा गरेकै दिन गृहमन्त्रालयले करिब एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

त्यसैगरी नेपाल प्रहरीका केही डीआइजीहरु र जिल्ला प्रमुखहरुको पनि सरुवा र पदस्थापन गरिएको गृहमन्त्रालयले जनाएको छ ।

कतिपय जिल्लाहरुमा सिडियो रिक्त रहेको र केही अवधि पुगेकाले अवकाश हुन लागेको भन्दै गृहमन्त्रालयले सरुवा गरेको हो ।

चुनाव गर्ने घोषणा सँगै जिल्लाको सुरक्षा व्यवस्था बलियो बनाउनुपर्ने भएकाले यो निर्णय गरिएको मन्त्रालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment