Comments Add Comment

चुनाव खर्च झण्डै साढे १० अर्ब, पूरक बजेट नआउने

९ फागुन, काठमाडौं । सरकारले स्थानीय तहको चुनावका लागि १० अर्ब भन्दा बढीको खर्च निकासा गरेको छ । यो निर्णयसँग अब सरकारले तयारी गरिरहेको पूरक बजेट नआउने निश्चित भएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ५ सय ७५ रुपैयाँ चुनाव खर्च छुट्याएको छ ।

यसअघि सरकारले पूरक बजेट ल्याउने तयारी गरिरहेको थियो । सोमबारको बैठकपछि एक मन्त्रीले अनलाइनखबरसँग भने- ‘चुनाव घोषणा भइसक्यो, क्याबिनेटले चुनाव खर्चसमेत पास गरिसक्यो, अब पूरक बजेट आउँदैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment