Comments Add Comment

आर्सनल एफए कपको क्वार्टरफाइनलमा


१० फागुन, काठमाडौं । सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले सटनमाथि २-० को जित हात पारेको हो । सटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुबै हाफमा एकएक गोल गर्‍यो ।

आर्सनलले २६ ओं मिनेटमा पेरेजको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा थियो वाल्कोटले अग्रता दोब्बर पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment