१० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेफिट्नेज जनरल एचआर मकमास्टरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।
उनले माइकल फि्नको स्थान लिनेछन् । विवादमा मुछिएपछि उनले सुरक्षा सल्लाहकार नियुक्त भएको २५ दिनमा नै राजीनामा दिनु परेको थियो ।
ट्रम्प प्रशासनले नौसेनाका पूर्वउपप्रमुख रोबर्ट हार्वर्डलाई सुरक्षा सल्लाहकार बन्न प्रस्ताव गरेको थियो । तर, उनले अस्वीकार गरेका थिए ।
नयाँ सुरक्षा सल्लाहकार मकमास्टरले इराकका साथै अफगानिस्तानमा काम गरेका थिए ।