Comments Add Comment

६४ वर्षकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

५० वर्ष कटेपछि महिलाले बच्चा जन्माउने भन्ने कुरा दुर्लभ नै हुन्छ । तर स्पेनमा भने एकजना ६४ वर्षकी वृद्धाले बच्चा जन्माएकी छिन्, त्यो पनि जुम्ल्याहा बच्चा ।

स्पेनको बुर्गस सहरकी महिलाले अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माएकी हुन् । ती महिलाले अमेरिकामा गएर कृत्रिम गर्भाधारण गरेकी थिइन् ।

त्यसअघि ती महिलाले सन् २०१२ मा एक बच्चीलाई जन्म दिएकी थिइन् । तर उनले जन्माएकी छोरीको राम्रो रेखदेख नभएको भन्दै सामाजिक कार्यकर्ताहरुले ती बालिकालाई आफ्नो जिम्मामा लिएका थिए ।

अघिल्लो सन्तानको समेत राम्रो हेरचाह नगर्ने वृद्धाले पुनः जुम्ल्याहा बच्चा जन्माएपछि लालनपालनमा सकस पर्ने देखिएको छ । पछिल्लोपटक उनले जन्माएका जुम्ल्याहामध्ये एउटा छोरा र एउटा छोरी छन् ।

स्मरण रहोस् यी ६४ वर्षीया महिलाले मात्र होइन हालै स्पेनमा अन्य दुईजना महिलाले पनि ६० वर्षको उमेरमा बच्चा जन्माएको खबर छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment