Comments Add Comment

कहाँ बन्छन् एप्पलका फोन ? कति लाग्छ लागत ?

प्रविधि जगतमा रुची राख्नेहरुबीच यो कुरा निकै चासोको विषय बनेको हुन्छ कि आखिर एप्पलका प्रडक्टहरु कहाँ बन्दछन् ? के एप्पलका ग्याजेटहरु अमेरिकाको क्यालिफोर्नियामै बन्दछन् वा यिनीहरु मेड इन चाइना हुन् ? एप्पलको उत्पादन तथा असेम्बलिंग कारखाना कहाँ छ भन्ने प्रश्न सर्वसाधारण उपभोक्ताले सोधिरहने प्रश्न हो । आखिर एप्पलका प्रडक्टहरुको वास्तविक लागत कति हुन्छ ? किन एप्पलका प्रडक्टहरुको भाउ निकै महंगो हुन्छ ? भन्ने प्रश्न पनि आइरहन्छ ।

वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पलका सिइओ टिम कुकसँग भेट गरी एप्पललाई आफ्ना प्रडक्टहरु अमेरिकामै उत्पादन गर्न आग्रह गरे । साथै उनले यसका लागि कर्पोरेट करमा भारी छुट दिने प्रस्ताव पनि गरे । यसअघिका राष्ट्रपति बाराक ओबामाले पनि आफ्ना प्रडक्ट अमेरिकामै बनाउनका लागि एप्पलसँग अनुरोध गरेका थिए ।

प्रश्न यो उठ्छ कि आखिर एप्पलका फोन तथा अन्य प्रडक्टहरु पूर्णरुपमा कहाँ बन्दछन् ? यसको जवाफ हो, जहाँतहीँ । वास्तवमा एप्पलका फोन निर्माणमा विभिन्न देशका कम्पनीहरुको हात रहेको छ ।

एप्पलको विशेषता यो हो कि उसले आफ्ना प्रडक्टहरुका विभिन्न पार्टस् विभिन्न देशका विभिनन कम्पनीहरुलाई बनाउन लगाउँदछ । जस्तै धेरैजसो स्त्रिmन डिस्प्ले जापानमा बन्दछन् भने केही डिस्प्ले दक्षिण कोरियाली कम्पनी एलजीले बनाइदिन्छ । त्यसतै टच आइडी सेन्सर ताइबानी कम्पनी टिएसएमसीले बनाउँदछ । यसरी एप्पलका प्रडक्टहरुका फरक फरक पार्टस् बनाउने विदेशी कम्पनीहरुको सूचि लामो छ । तपाइँलाई अचम्म लाग्छ सक्छ की एप्पलका विश्वभरमा गरी २ सय भन्दा धेरै सप्लायर्स छन् ।

एप्पलका प्रडक्ट्समा मेड इन चाइना लेखिएको हुन्छ । यसको कारण के भने एप्पलका अधिकांस डिभाइसको धेरैजसो असेम्बलिंग चाइनामा हुन्छ र त्यसपछि त्यसलाई पूरा गर्नका अन्य देशमा पठाइन्छ ।

लागतको कुरा गर्ने हो भने एप्पलको आइफोन सिक्स प्लसको कुल लागत २३६ डलर हुन आउँछ । जबकी उसले १६ जिबीवाला आइफोन सिक्स प्लसलाई यसको तेब्बर मूल्य अर्थात् ७४९ डलरमा बेच्दछ ।

सन् २०१६ मा अनुसन्धान कम्पनी आइएचएसले एप्पलको आइफोन एसइको लागतका विषयमा एउटा खुलासा गरेको थियो । रिपोर्ट अनुसार एसइ मोडेलको कुल लागत १६० डलर थियो जबकी एप्पलले त्यसलाई ३८० डलरमा बेच्दछ । यसमा सबैभन्दा रोचक कुरा त के भने एप्पललाई उसका फोनको स्टोरेज १६ जिबीबाट बढाएर ६४ जिबीमा पूराउनका लागि जम्मा १७ डलर थप खर्च हुन्छ जबकी प्रयोगकर्ताले ६४ जिबीवाला आइफोन किन्नका लागि थप १ सय डलर खर्चिनुपर्छ ।

स्मरण रहोस् एप्पलले अब भारतमा समेत आइफोन एसइ मोडेलको असेम्बलिंगका साथै उत्पादन समेत सुरु गर्दैछ । कर्नाटकमा बनिरहेको कारखानाबाट वर्षेनी ३।४ लाख आइफोन उत्पादन गर्ने लक्ष्य एप्पलको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment