Comments Add Comment

बार्सिलोना अध्यक्ष भने- एनरिकेको बिकल्प सोचेका छैनौं

१० फागुन, काठमाडौं । स्पेनिस च्याम्पियन बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्टोमेउले क्लबका प्रशिक्षक लुइस एनरिकेको बिकल्पबारे सोचिनसकेको बताएका छन् । एनरिकेको बार्सिलोना भविश्य आगामी अप्रिलमा निर्णय हुनेछ ।

एनरिकेको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्तिमसम्म मात्र हो । र गत आइतबार लेगानेसबिरुद्धको २-१ को संघर्षपूर्ण जितका बाबजुद पनि समर्थकले उनको आलोचना गर्न थालेका छन् ।

तर बार्सिलोनाका अध्यक्ष बार्टोमेउले स्पेनिस टेलिभिजन टिभी-थ्रीलाई दिएको अन्तर्वार्तामा क्लबको प्राथमिकता एनरिकेलाई निरन्तरता दिनु नै रहेको बताएका छन् । ‘गएका केहि बर्षमा उनले क्ललाई लगभग सबै उपाधि दिलाएका छन्, र बार्सिलोनाका समर्थक उनीसँग निकै खुसी छन्’ बार्टोमेउले भनेका छन् ।

सन् २०१४ मा क्लबमा आवद्ध भएपछि एनरिकेले डेब्यु सिजनमै च्याम्पियन्स लिग, ला लिगा र कोपा डेल रेको उपाधि जितेका थिए । गत सिजन पनि बार्सिलोनाले ला लिगा र कोपा डेल रे जितेको थियो ।

तर, यस सिजन भने बार्सिलोनाका लागि निक्कै संघर्षपूर्ण छ । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पिएसजीसँग ४-० को पराजयले बार्सिलोना टिम र समर्थक निक्कै आहत छन् ।

ला लिगाको १७ औं स्थानमा रहेको लेगानेससँगको खेलमा पनि बार्सिलोनाले २-१ को संघर्षपूर्ण जित निकालेको थियो, जुन मेस्सीको अन्तिम मिनेटको पेनाल्टीले सम्भव भएको थियो ।

सन् २०१२ यता घरेलु लिग जित्न नसकेको रियल मड्रिड अहिले लिगको शीर्ष स्थानमा छ । बार्सिलोना मड्रिडभन्दा एक अंकले पछाडि छ तर, बार्सिलोनाले दुई खेल बढी खेलेको छ ।

‘हामीले आगामी अप्रिलमा एनरिकेसँग सोध्नेछौं कि उनके के महशुस गरिरहेका छन्, त्यो भन्दा अर्को योजना हामीसँग छैन’ बार्टोमेउले भने, ‘उनले आफ्नो जिम्मेबारी सफलतापूर्वक निभाएका छन् र हामी अहिले सिजनको सबैभन्दा महत्वपूर्ण क्षणमा छौं ।’

बार्सिलोना यस सिजन कोपा डेल रे को फाइनलमा पुगिसकेको छ र उपाधिका लागि अलाभेससँग खेल्दैछ । त्यस्तै आगामी मार्च ८ मा च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा पिएसजीलाई घरमा स्वागत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment