Comments Add Comment

संविधान संशोधन प्रस्तावबारे सभामुख छलफलमा


१० फागुन, काठमाडौं । लामो समयको स्थगनपछि मंगलबार व्यवस्थापिका संसदको बैठक बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकका एजेण्डाबारे सभामुख ओनसरी घर्तीले प्रमुख दलका सचेतकहरुलाई बैठक सुरु हुनुभन्दा एक घण्टा अगाडि छलफलका लागि बोलाएकी छिन् ।

संसदमा संविधान संशोधन विधेयक विचाराधीन अवस्थामा छ । सरकारले चुनावको मिति तोकिसकेपछि अब संशोधन प्रस्तावलाई अघि बढाउने बताएको छ ।

सोमबार सरकारले संविधान संशोधन विधेयकमाति छलफल अघि बढाउने गरी आगामी वैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । तर, मधेसी मोर्चाले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नभए निर्वाचनमा सहभागी नहुने चेतावनी दिएको छ ।

संविधान संशोधन विधेयकमाथिको छलफलका लागि दलहरुबीच सहमति जुटाउन सभामुख घर्ती मगरले मंगलबार दिउँसो १२ बजे प्रमुख ८ दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएकी छिन् ।

प्रमुख सचेतकहरुसँगको छलफलपछि दिउँसो १ बजे संसदको बैठक बस्ने सभामुखका प्रेस संयोजक बबिन शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

प्रमुख दलका सचेतकहरुसँग छलफल गर्नुअघि सभामुख घर्ती मगरले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने भनिए समय निश्चित नभएको शर्माले बताए ।

केके छन् कार्यसूची ?

संविधान संशोधन विधेयकमाथिको थप प्रक्रिया अघि बढाउन दलहरुबीच सहमति नजुटे प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य सर्तसम्बन्धी विधेयक, विधायन समितिमा टुंगो लागेका देवानी तथा फौजदारी सजायसम्बन्धी विधेयकका प्रतिवेदन र महाभियोग सिफारिस समितिको प्रतिवेदन संसदमा पेस गर्ने कार्यसूची बन्ने शर्माले जानकारी दिए ।

मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि गत पुस २४ गते संसदमा टेबुल भएको संविधान संशोधन विधेयक दलहरुको विवादका कारण थप प्रक्रियामा जान सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment