Comments Add Comment

नेपाली सफ्टवेयर इन्जिनियरलाई अवसर, अमेरिकी कम्पनीले २५ लाख बराबरको छात्रवृत्ति खोल्यो


काठमाडौं । न्यूयोर्कस्थित टेक्नोलोजी कम्पनी फ्यूजमेशिन्स्ले नेपाली विद्यार्थीलाई लक्षित गर्दै २५ लाख मूल्य बराबरको आर्टिफिसियल इन्टेलिजेन्स छात्रवृति कार्यक्रम ल्याउने भएको छ ।

अमेरिकास्थित विभिन्न टेक्नोलोजी संस्थाहरुसँगको साझेदारीमा ल्याउन लागिएको यो कार्यक्रम मार्च २० तारिखबाट सुरु भई एक वर्षसम्म चल्नेछ ।

नेपाली सफ्टवेर इन्जिनियरहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स, नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ र मेशिन लर्निङ जस्ता प्रविधिमा दक्ष गराउनको लागि यो कार्यक्रम ल्याइएको हो ।

छात्रवृत्ति कार्यक्रममा छनोट हुने विद्यार्थीहरुले सेल्फ ड्राइभिङ कार, ड्रोन डेलिभरी, अटोमेटेड डाइलग सिस्टम जस्ता प्रोजेक्टमा सहभागि हुन पाउनेछन् । कम्प्युटर साइन्स तथा इन्फर्मेसन टेक्नोलोजी अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्ति उपयुक्त हुनेछ ।

छनोट प्रक्रिया पूर्णरुपमा योग्यता र आर्टिफिसियल इन्टेलिजेन्स विषयको लगावको आधारमा गरिने छ । निवेदन दिने विद्यार्थीहरुलाई नेचुरल ल्याङ्गवेज प्रोसेसिङ, मेशिन लर्निङ्ग, सेम्यान्टिक्स्, टेक्सटुअल इन्टेलमेन्ट र कम्प्युटर भिजनमा रुचि हुन आवश्यक रहेको फ्युज मेसिन्सद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

छनोट हुने हरेक २५ विद्यार्थीलाई मेन्टरसँग साझेदार गराएर छात्रवृत्तिको तालिका अनुरुप आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी प्रोजेक्टहरुमा सहभागि गराइने छ ।

सन् २०१२ मा स्थापना भएको फ्यूजमेशिन्समा न्यूयोर्क, क्यानडा र नेपालमा गरी १४० भन्दा बढी कर्मचारीहरु छन् । विगत ४ वर्षदेखि फ्यूजमेशिन्सले उपभोक्ता र ब्यापारमा हुने समस्या समाधान गर्न जटिल आर्टिफिसियल इन्टेलिजेन्स प्रोडक्टस्हरु निर्माण गरिरहेको छ ।

अहिले फ्यूजमेशिन्समा कार्यरत सफ्टवेर इन्जिनियरहरु मेशिन लर्निङ्ग, डाटा साइन्स र नेचुरल ल्याङ्गवेज प्रोसेसिङमिा दक्ष छन् ।

छात्रवृत्तिमा सहभागी हुने प्रक्रिया लगायत अन्य बिषयमा कम्पनीको आधिकारीक पेजमा रहेको यो लिंकमा गई जानकारी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment