+
+

गोविन्द रोका: युद्ध पत्रकारदेखि एनटिभीको महाप्रवन्धकसम्म

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १० गते ११:५१

१० फागुन, काठमाडौं । नेपाल टेलिभिजनको महाप्रवन्धकमा गोविन्द रोका (सचिन) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले रोकालाई चार वर्षे कार्यकालका लागि महाप्रवन्धक पदमा नियुक्त गरेको हो ।

नेपाल टेलिभिजनको महाप्रवन्धक पदको लागि भएको खुल्ला प्रतिष्पर्धाबाट छानिएका तीन जनामध्येबाट रोकालाई सरकारले महाप्रवन्धकका लागि छनोट गरेको हो । उत्कृष्ट तीनमा रोकासहित मनहरी थापा र विष्णुराम न्यौपाने थिए ।

नवनियुक्त महाप्रवन्धक रोकाले ब्रोडकास्टिङ मिडियामा स्नातकोत्तर अध्ययन गरेका छन् ।

युद्ध पत्रकारीतादेखि एनटिभीसम्म 

रुकुमको छिवाङ घर भएका ४१ वर्षीय रोका माओवादी केन्द्र निकट प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष हुन् । २०५२ सालदेखि राजधानीका बिभिन्न पत्रपत्रिकामा रिपोर्टिङ सुरु गरेका रोकासँग युद्ध पत्रकारिताको अनुभवसमेत छ । उनले २०६० सालमा माओवादी आधार इलाकाबाट सञ्चालित विशेष रेडियोको प्रमुख भएर काम गरेका थिए ।

माओवादीको विशेष आधार क्षेत्र रुकुम, रोल्पा आसपासलाई आधार मानेर चलाइएको ‘रेडियो जनगणतन्त्र’को उनी सञ्चालक थिए । तत्कालीन विद्रोही माओवादीले भूमिगत रुपमा चारवटा रेडियोहरु सञ्चालन गरेको थियो ।

माओवादी शान्तिप्रक्रियामा आएसँगै २०६३ सालमा रेडियो नेपालको घटना र बिचार कार्यक्रम संयोजकको जिम्मेवारी रोकाले सम्हालेका थिए ।

नेपाल एफएम र एबीसी टेलिभिजनमा समाचार सम्पादकको अनुभव समेत संगालेका रोका २०६४ सालदेखि हालसम्म रेडियो सानोभेरी एफएम रुकुमको अध्यक्ष छन् । उनी सुर्खेतस्थित प्रदेश एफएमको अध्यक्षको जिम्मेवारीमा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?