Comments Add Comment

टि्वटरको लोकप्रियता ह्रास, नयाँ प्रयोगकर्ता न्यून

सन् २००६ मा लन्च गरिएको सोसल नेटवर्किङ साइट टि्वटरको लोकप्रियता बिस्तारै घट्न थालेको छ । घट्दो लोकप्रियतासँगै टि्वटरमा जोडिने नयाँ प्रयोगकर्ताको संख्यामा पनि गिरावट आएको छ ।

सन् २०१४ को चौंथो त्रैमासिकदेखि २०१६ को चौंथो त्रैमासिकबीचको आँकडाले यही दर्शाउँछ । यस अवधिमा टि्वटरमा केवल तीन करोड १० लाख नयाँ प्रयोगकर्ता जोडिएका छन् ।

यस अवधिमा सबैभन्दा बढि नयाँ प्रयोगकर्ता ह्वाट्सएपसँग जोडिएका छन् । यसमा जोडिनेको संख्या ५० करोड रहेको छ । दोस्रो स्थानमा क्रमशः म्यासेन्जर (५० करोड) र फेसबुक (४६.७ करोड) रहेका छन् । सुचीमा सबैभन्दा तल छैठौं स्थानमा टि्वटर रहेको छ । यो आँकडा यी कम्पनीहरुद्वारा जारी रिपोर्टको विश्लेषणबाट प्राप्त भएको हो ।

यसबीचमा टि्वटरले एउटा नयाँ फिचर पनि लन्च गरेको थियो । यसमा टि्वटरले ती व्यक्तिहरुलाई खोज्नेछ, जसलाई स्थाइयीरुपमा निलम्बन गरिसकिएको हुन्छ र उनीहरुलाई नयाँ एकाउन्ट बनाउन रोकिनेछ ।

टि्वटरले यो कदम खासरी ती एकाउन्टहरुलाई लक्ष्यित गरेर चालेको हो, जो अन्य प्रयोगकर्ताहरुलाई दिक्क लगाउनका लागि मात्र खोलिएका हुन्छन् । टि्वटरको नयाँ सेफ सर्च फिचरले संवेदनशील विषयवस्तुहरुलाई हटाइदिन्छ । यसले ब्लक वा म्यूट गरिएका अकाउन्टहरुका टि्वटलाई पनि सर्च रिजल्टबाट हटाइदिन्छ । यसको मतलव ती टि्वटहरु सोसल नेटवर्किङ साइटहरुमा त उपलब्ध हुन्छन्, तर सर्च रिजल्टमा देखिदैनन् । कम्पनीका अनुसार यसले लो-क्वालिटी रिप्लाई खोज्ने र त्यसलाई हटाउने काम गरिरहेको छ । टि्वटरमा यो परिवर्तन आउने दुई हप्ताभित्र देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment