Comments Add Comment

‘मेरो त आजसम्म एउटी पनि प्रेमिका छैनन्’: पल शाह


पल शाह पछिल्लो समयका ब्यस्त मोडल तथा नायक हुन् । ‘म यस्तो गीत गाउँछु’को सुटिङको तयारीमा रहेका पल म्युजिक भिडियो मार्फत चर्चामा आएका थिए । तर, अहिले भिडियोको काम घटाएका छन् । उनै नायकलाई अनलाइनखबरले लगाएको पाँच आरोपः

१. भिडियो छान्न सक्नु भएन, जस्तो पनि खेल्नु भयो भन्छन् नि ?
पहिला धेरै भिडियोमा काम गर्दा त्यस्तो भयो होला । तर, मैले भिडियोमा काम गर्न छाडेकै १ वर्ष भयो । अहिले २/३ महिनामा एउटा भिडियोमा काम गर्छु । त्यो पनि गीत सुनेर, टिम बुझेर मात्रै काम गर्छु ।

२. पहिलो चलचित्रवाट प्रभाव छोड्न सक्नु भएन भन्ने आरोप लागेको छ नि ?
हेराई आ-आफ्नै हुन्छ । मेरो चलचित्र हेरेर मेरा दर्शक एवं फ्यान खुसी नै भए जस्तो लाग्छ । अन्य कलाकारसँग तुलना गर्दा कतिलाई राम्रो नलागेको पनि हुनसक्छ ।

३. कामको भन्दा पनि प्रेमको कारण धेरै चर्चामा आउनु भयो भन्छन् नि ?
यो पनि सब मिडियाले चलाएको हल्ला हो । म जहिले कामप्रति इमान्दार छु र काम राम्रो गरे मात्रै चर्चा पाउने विश्वास गर्छु । प्रेमको विषयमा त म एकदमै सोझो मान्छे हो ।

४. प्रेमिका निकै फेर्नु हुन्छ भन्ने चर्चा चलचित्र बजारमा सुनिन्छ ?
यो त सरासर झुट हो । मेरो आजसम्म एउटी पनि प्रेमिका छैनन् । प्रेमिका नै नभएको मान्छेले फेर्‍यो भनेर कसरि भन्न मिल्छ ? अर्को कुरा म काममा विश्वास गर्छु, त्यसकारण प्रेमको वारेमा सोच्दै सोच्दिनँ ।

५. चलचित्रमा काम गर्न थालेपछि पल निकै घमण्ड भयो भन्छन् नि ?
कहिले फोन उठेन होला, कहिले साथीभाइसँग कुरा गर्न भ्याइएन होला । त्यसो भन्दैमा घमण्डी भयो भन्नु उचित नहोला । म त एकदमै सामान्य मान्छे हुँ । जोसँग पनि सहजै भेट्छु, कुरा गर्छु कसरि घमण्डी भएँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment