Comments Add Comment

अमिताभको पत्र कुर्दै आलिया


नायिका आलिया भट्टले हिन्दी चलचित्र ‘हाइवे’, उड्ता पञ्जाब’ जस्ता चलचित्रमा अभिनय गरेर राम्रै प्रभाव छाडिन् ।आलिया पहिलो पटक अमिताभ बच्चनसँग काम गर्दैछिन् । आलियाको भनाई अनुसार अमिताभ अहिले पनि जवान छन् । उनीसँग जो कसैले साथीसँग जस्तै कुरा गर्न सक्छ ।

‘मैले धेरै पटक बच्चन साहेबसँग कुरा गरेकी छु । कुराकानीकै क्रममा एक अर्कासँग काम गर्न चाहेको कुरा समेत गरेका थियौं ।’ आलियाले कुराकानीका क्रममा भनिन् । बच्चन साहेबसँग काम गर्ने कुराले आफु निकै उत्साहित भएको उनको भनाई थियो ।

नायिका बनेपछि मात्रै आलियाको अमिताभसँग कुराकानी भएको थियो । सुरुमा उनी निकै हड्बडाएकी थिइन् । तर, जब कुराकानी सुरु गरिन्, उनलाई सामान्य लाग्यो । आलिया भन्छिन्-‘उहाँ वास्तवमै माया गर्नुहुन्छ मलाई । जुनसुकै उमेरका ब्यक्तिले पनि साथीसँग जस्तै कुरा गर्न सक्छन् उहाँसँग ।’

अमिताभको हातले लेखेको चिठ्ठीलाई बलिउडका युवा पुस्ताका दर्शकले निकै महत्वका साथ लिन्छन् । उनी अमिताभले हातले लेखेको चिठ्ठीको प्रतिक्षामा छिन् ।
‘हाइवे र उड्ता पञ्जाब’मा गरेको कामको प्रसंसा गर्दै उनलाई दुइवटा चिठ्ठी आएको थियो । जुन चिठ्ठीलाई उनले सुरक्षित रूपमा सजाएर राखेकी छिन् ।

अलग अलग चलचित्रमा काम गरेकी आलिया यसपालि अयान मुखर्जीको चलचित्रमा रणबीर सिंहसँग काम गर्दैछिन् । रणबीरसँग पहिलो पटक काम गर्न लागेकी आलिया निकै उत्साहित छिन् । किनकी उनी रणवीरकी प्रशंसक पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment