Comments Add Comment

‘जुनी’को प्रतिक्षामा खुश्वु, भाग्य चम्कने आशा


कोहि, कलाकारको भाग्य एउटै चलचित्रबाट नै चम्कन्छ । तर, कोहि कलाकारलाई भने दर्जन चलचित्र खेल्दा पनि भाग्यले साथ दिदैन । नायिका खुश्वु खड्काको हकमा पनि यस्तै छ । उनी, अझै पनि भाग्यको प्रतिफल कुरिरहेकी छिन् ।

उनै, खुश्वु अब नयाँ चलचित्र ‘जुनी’बाट आशावादी देखिएकी छिन् । उनले भनिन्-‘निकै मिहिनेत गरेर काम गरिरहेकी छु । आशा छ, यो चलचित्रबाट मेरो ‘लक’ लाग्नेछ ।’

रमेश कुमार राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई सूर्य जीसीले निर्माण गरेका हुन् । चलचित्रमा कलाकार रवि कार्कीले खुश्वुलाई साथ दिएका छन् ।
केहि चलचित्र रिलिज भएपनि व्यापार गतिलो नभएपछि खुश्वुलाई दर्शकले खासै नोटिस गर्न सकेका छैनन् ।

नेपाली चलचित्रको बजार प्रतिस्पर्धात्मक बन्दै गएको अवस्थामा खुश्वुलाई अब भने व्यापारिक रुपमा पनि सफल हुन जरुरी छ । ‘जुनी’को कथावस्तु र काम समेत राम्रो भएकाले आफूले धेरै नै आशा गरेको उनले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment