Comments Add Comment

कञ्चनपुर सीमा विबादः अवरोध हटाउन भएको छलफल निष्कर्षबिहीन

'कुनै हालतमा हाम्रो भूमि कब्जा गर्न दिन्नौं'

१० फागुन, कञ्चनपुर । गुगल म्यापले भारतीय भूमी देखाएको भन्दै भारतीय प्रहरीले नेपाल-भारत सीमाभन्दा निक्कै वर (नेपालतिर) बन्दै गरेको कल्भर्ट निर्माणमा हतियारसहित हस्तक्षेप गरेपछि कञ्चनपुरको आनन्दबजारमा सीमाविवाद सुरु गराइएको छ ।

आइतबार भारतीय बजार जानका लागि सहज होस भनेर कल्भर्ट निर्माण गरिको स्थानमा सीमा सुरक्षा बल एसएसवीले हतियारको धम्की देखाउँदै निर्माणकार्य रोकेको थियो । त्यसबारेमा सोमबार नेपाल भारतका प्रतिनिधिबीचको वार्तापनि निश्कर्षबिहीन बनेको छ ।

भारतीय प्रतिनिधि मण्डलसँग सहायक प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर कुँवरले नेपाली भूमिमा भारतले कुनै हालतमा दाबी गर्न नपाउने बताए ।

जवाफमा भारतीय सहायक प्रमुख जिल्ला अधिकारी (एसडीएम) सादा अस्लामले विवादित बनेपछि तत्कालका लागि निर्माणकार्य रोकी उच्च निकायसँग छलफल पश्चात निर्णय लिन सकिने बताए ।

पुनर्वास नगरपालिकाको बजेटमा आनन्द बजारस्थित सो ठाउँमा कल्भर्ट निर्माण थालिएको थियो ।

नक्सा नभएको भन्दै नेपाली भूमिलाई जबरजस्ती विवादित बनाएर निर्माण हुन लागेको कल्भर्टको काम रोक्ने भारतको चाहना छ । आक्रोशित जनताले सरकारको मुख ताकेर बस्न नहुने भन्दै आन्दोलन गरेर भए पनि सो स्थानमा कल्भर्ट निर्माण गर्ने बताएका छन् ।

नेपाली जमिनमा भारतीय दादागिरी सहन नसक्ने भन्दै आक्रोशित बनेका सर्वसाधारणको सोमवार पनि बाक्लो उपस्थिति रहेको थियो । नेकपा एमालेका जिल्ला अध्यक्ष तारा लामाले आफू सानैदेखि खेलिखाएको ठाउँ भएकाले अहिले फायरलाइन (भारतले एकाधिकार जमाएको ठाउँ) सम्म नेपालको भूमि पर्ने दावी गरे । स्थानीय नेता तथा समाजसेवी ठाकुर प्रसाद बरालले कल्भर्ट बन्न लागेको स्थान नेपालमा पर्ने दाबी गरे ।

भारतले दिनानुदिन पुनर्वास नगरपालिकाको नेपाली भूमिमा दाबी गरिरहेको छ । गत वर्ष पनि सोही स्थानबाट नजिक बाल जागृति प्राविको भवन निर्माणमा अवरोध पुर्‍याएको थियो । त्यसबेला नेपाली जनताको दबाब पछि अवरोधबाट पछि हटेको थियो । सोही ठाउँमा भारतीय पक्षले केहि नेपालीको लालपूर्जा भएको जग्गामाथि पनि हस्तक्षेप गरेको छ । विगतदेखि भोगचलन गर्दै आएको जग्गालाई विवादित बनाइएको छ ।

यसबारेमा भारत र नेपालका प्रमुख जिल्ला अधिकारी स्तरीय वार्ता आज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment