Comments Add Comment

संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नथप्न एमालेको माग

निर्वाचन मिति घोषणाको स्वागत

१० फागुन, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयको स्वागत गरेको छ । साथै उसले संविधान संशोधन विधेयक अघि नबढाउन र स्थानीय तहको संख्या नबढाउन सरकारको पुनः ध्यानाकर्षण गराएको छ ।

सरकारले स्थानीय तहको चुनाव वैशाख ३१ गते एकै चरणमा गराउने निर्णय सोमबार गरेको थियो । मंगलबार धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले स्थायी कमिटीको अनौपचारिक बैठकले निर्वाचनको मिति घोषणा गर्ने निर्णयको स्वागत गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईले निर्वाचन सुनिश्चित हुने वातावरण बनाउन पनि सरकारलाई आग्रह गरेको छ । निर्वाचनका लागि आवश्यक ऐन कानुन बनाउन र निर्वाचनलाई प्रभावित हुने गरी नियुक्ति तथा सरुवा बढुवा नगर्न एमालेको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment