Comments Add Comment

सर्वदलीय बैठकमा नबोलाइएको नयाँ शक्तिको गुनासो


१० फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा नबोलाएको नयाँ शक्तिले गुनासो गरेको छ । स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका छन् ।

नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले अनलाइनखबरसँग भने, ‘सर्वदलीय बैठकमा हामीलाई बोलाइएको छैन, बोलाएको भए जान्थ्यौं ।’

संसदमा आफूहरुको पनि प्रतिनिधित्व रहेको दाबी नयाँ शक्तिले गरेको छ । थरुहट पार्टी परित्याग गरेकी सांसद गंगा थारु हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment