Comments Add Comment

सर्बदलीय बैठक बहिस्कार गर्ने मधेसी मोर्चाको निर्णय

१० फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आहृवान गरेको सर्वदलीय बैठक संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बहिस्कार गर्ने भएको छ ।

वैशाख २१ मा स्थानीय चुनाव गर्ने निर्णय गरेको भोलिपल्ट प्रधानमन्त्रीले सर्बदलीय बैठक बोलाएका छन् ।

तर, मधेसी मोर्चाले भने बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । मोर्चासँगै थरुहट तराई पार्टी र नयाँ शक्ति पार्टीले पनि बैठक बहिस्कार गर्ने सहमति भएको फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले बताए ।

चुनाव घोषणाको विरोध गर्दै मधेसी मोर्चाले दबावमुलक आन्दोलन घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment