Comments Add Comment

कञ्चनपुर सीमा विवादबारे जिल्लास्तरीय वार्ता जारी

१० फागुन, कैलाली । भारतले नेपाली भूमिमा दाबी गरेपछि चर्किएको सीमा विवाद समाधान गर्न अहिले जिल्ला स्तरीय वार्ता जारी छ ।

हिजो सोमबार सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेम बहादुर कुँवरले भारतीय एसडियम. सादा अस्लामसँग गरेको वार्ता निश्कर्षबिहीन बनेपछि आज पुनः वार्ता भएको हो ।

अहिले बसहीस्थित भारतीय एसएसबीको क्याम्पमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी प्रेम बहादुर कुँवरको टोलीले वार्ता गरिरहेको छ ।

सहायक प्रमुख जिल्ला जिल्ला अधिकारी कुँवरले नेपालको भु-भागमा भारतले दाबी गर्न नपाउने अडान राखेका छन् भने भारतीय एसडियम सादा अस्लाम नेतृत्वको टोलीले यस भूमिलाई विवादित भनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment