Comments Add Comment

चर्चित कलाकारको साथमा ‘उज्यालो उत्सव’ हुने


लायन्स क्लब अफ काठमाडौं टेम्पलले ‘उज्यालो उत्सव २०७३’ नामक भव्य सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । टेम्पलले अध्यारोबाट उज्यालोतिर भन्दै
दृष्टीबिहीन बालबालिकाका लागि भवन निर्माणार्थ सांगीतिक कार्यक्रम उज्यालो उत्सव २०७३ आयोजना गर्न लागेको हो ।

२८ वर्षदेखि जापानमा बसेर समाज सेवा गर्दै आएका लायन्स क्लब अफ काठमाडौं टेम्पलका अध्यक्ष श्रेष्ठले आफै सांगामा ३ रोपनी जग्गा उपलब्ध गराई आप\mनो संस्थामार्फत सांगीतिक कार्यक्रम आयोजना गरेर त्यसमार्फत हुने आय आर्जनबाट उनीहरुका लागि भवन निर्माण गर्न लागेका हुन् ।

‘मेरो बुवाको आँखामा समस्या भएपछि त्यसको उपचार गराउन काठमाडौं आएको बेला दृष्टीबिहीनहरुको समस्या र कठिनाईलाई नजिकबाट बुभ\mने मौका पाएँ। लायन्स क्लब अफ काठमाडौं टेम्पलसमेतको सहभागितामा लमजुङको दुराडाँडामा गरिएको आँखा शिवीरबाट यसबारे अझ गहन अध्ययन गर्ने अवसर मिल्यो ।

यी कुराबाट यो कार्यक्रम गर्ने प्रेरित भयौँ’ अक्ष्यक्ष श्रेष्ठको भनाई थियो ‘दृष्टीसम्बन्धि कतिपय समस्या उपचारबाट पनि ठिक हुन्छ। तर कतिपय अवस्थामा जति उपचार गरे पनि दृष्टी फर्काउन सम्भव हुँदैन भन्ने कुरा बुझेपछि हामीले दृष्टीबिहीनको भविष्यका लागि केही गर्नुपर्छ भन्ने महशुष गरेर नेपालमा भएका दृष्टीबिहीनहरुका लागि आवसिय भवन निर्माणका खातिर सहयोग जुटाउन यो कार्यक्रम गर्न लागेको हौँ ।’ आगामी फागुन २१ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुने कार्यक्रममा
गीत संगित, नृत्य र हास्य व्यग्य प्रस्तुति रहने पनि उनले बताए ।

कार्यक्रममा राजेशपायल राई, पशुपति शर्मा, रमेशराज भट्टराई, मौसम गुरुङ, जीवन परियार, देविका वन्दना, सुनिता गुरुङजस्ता गायक गायिकाका साथमा सुर सुधाले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नेछ । यस्तै, कलाकारहरु गौरी मल्ल, रिस्ता बस्नेत, मेनका गुरुङ, दिपेन्द्र तिमल्सिना लगायतका कलाकारले नृत्य प्रस्तुत गर्नेछन् भने हाँस्य कवि शैलेन्द्र सिंखडाले व्यग्यात्मक कविता प्रस्तुत गर्नेछन् । हाँस्य कलाकार जितु नेपालको कमेडी र कार्यक्रम सञ्चालनसँगै अगाडि बढ्ने कार्यक्रममा ज्योति काफ्ले (नक्कली बाबुराम) र विपना बस्नेत (नक्कली हिसीला यामी) ले प्रहसन प्रस्तुत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment