२१ फेब्रुअरी, मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा एक जहाज सपिङ मलमा ठोक्किएर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु सबै विमानमा सवार व्यक्तिहरु रहेको अधिकारीहरुले बताएका छन् ।
विमानस्थलबाट उडेको केहीबेरमै उक्त चार्टर विमान मेलवर्नको एउटा भवनमा खसेको थियो ।
दुर्घटनामा एक पाइलट र चार अमेरिकी पर्यटकको मृत्यु भएको अष्ट्रेलियन परिवहन सुरक्षा व्यूरोलाई उद्धृत गर्दै स्थानीय समाचार माध्यमहरूले उल्लेख गरेका छन् ।
विमानको इन्जिनले काम नगर्दा विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।
हेर्नुहोस् भिडियो