Comments Add Comment

फ्रेस फेसः साँझ परेपछि बोलाउँछन्, नायिका चाहिएको कि प्रेमिका ?: अनुष्का शर्मा(भिडियो)


सानैबाट चलचित्रमा रमाउने सोचका साथ, यो क्षेत्रमा प्रवेश गरेकी कलाकार अनुष्का शर्मालाई यो क्षेत्र उनले सोचेजस्तो लागेन । चलचित्र भन्दा बाहिरी क्षेत्रका यूवा-यूवतीलाई यहाँ प्रवेश गर्न गाह्रो रहेको वुझाई उनको छ ।

अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भ अन्र्तगत कुराकानी गर्ने क्रममा अनुष्काले आफूसँग प्रतिभा भएको दाबी गरिन् ।

अनुष्कासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः


अनुष्काले केहि नेपाली चलचित्र र भोजपुरी चलचित्रमा काम गरेकी छिन् । ‘शान’ चलचित्रमा आफै लगानी गरेर उनी कलाकार बनिन् । यसपछि, ‘डी कम्पनी र केहि भोजपुरी’ चलचित्रमा उनले काम गरेकी छिन् ।

चलचित्रका अफर आएपनि धेरै अफर गर्नेको नियत देखेर उनी दिक्क छिन् । उनले भनिन्-‘कहिलेकाही त निकै दिक्क लाग्छ । दिनभरको काम सकेर साँझ नास्ता गर्ने गरि भेटौ भन्छन् । साच्चै, उनीहरुलाई हिरोइन चाहिएको हो कि नायिका ?’

आफूलाई साँझ भेटौ भन्नेहरुलाई उनले ‘प्रेमिका चाहिएको हो कि नायिका’ भनेर जवाफ दिने गरेकी छिन् । एक्सन चलचित्रमा काम गर्ने आफ्नो इच्छा भएको बताउँदै उनले नायक आर्यन सिग्देलसँग काम गर्न मन लागेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment