Comments Add Comment

आफैंसँग बिहे गर्ने एक महिलाको तयारी, हनिमुन पनि एक्लै जाने

बिवाह गर्न दुई जना व्यक्ति अनिवार्य चाहिन्छ, होइन ? तर एक महिलाले जोडीबिनै बिहे गरेर यो मान्यतालाई ठाडो चुनौति दिन खोज्दै छिन् ।

बेलायतको साउथ योर्कसायरमा बस्ने ३९ वषिर्या लिन्ने गोल्लोग्ली ‘मिस्टर राइट’ को प्रतिक्षा गर्दागर्दा वाक्क भइन् । अब दाम्पत्य सम्वन्धप्रति उनको भरोसा टुटिसकेको छ । तर विवाहको इच्छा अझै मरेको छैन । त्यसैले उनले उपाय निकालिन् आफैंसँग विवाह गर्ने ।

लिन्नेले आउँदो अप्रिलमा वैवाहिक समारोहको तयारी गरेकी छिन् । परम्परागत वैवाहिक पहिरनमा आफ्ना साथीभाई र आफन्तका बीच आफैंसँग बिहे गरेपछि हनिमुनका लागि रोम जाने उनको योजना छ ।

‘म आजसम्म सिंगल नै छु । अब कसैसँग सम्वन्धमा रहने मोह भंग भइसकेको छ । यो समाजमा फिट हुनकै लागि म कसैलाई श्रीमानका रुपमा अपनाउने मुडमा छैन,’ उनले भनिन् ।

तरुनी छँदा लिन्नेको एक पटक इर्ंगेजमेन्ट भएको थियो । तर त्यो विवाहमा परिणत हुन सकेन । त्यसयता उनले कुनै पुरुषसँग सम्वन्ध राखेकी छैनन् ।

आफैंसँग बिहे गर्ने लिन्नेको योजनामा उनकी आमा फ्लोले पनि साथ दिएकी छिन् । बिबाहका दिन आमाले उनलाई डोर्‍याएर समारोहस्थलमा लैजानेछिन् । लिन्नेको विवाहले कानूनी मान्यता नपाउने भए पनि यो यसलाई सामाजिकरुपमा स्वीकृत र अविस्मरणीय बनाउन हरेक प्रयासमा जुटेकी छिन् । बिबाहपछि रिसेप्सन, पार्टी, डिस्को र वफेटको कार्यक्रम छ ।

फ्रेन्ड्स नामक टेलिभिजन सिरियल हेरेपछि आफूलाई यस्तो विवाहको सोच पलाएको लिन्ने बताउँछिन् ।

उनी थप्छिन्, ‘मेरा साथीभाई र आफन्तहरुलाई मैले कसरी विवाह गर्दैछु भनेर जानकारी दिइसकेकी छु, त्यसैले समारोहमा उपस्थित कसैले पनि आश्चर्य मान्ने छैनन् ।’

लिन्नेकी ६८ वषिर्या आमा फ्लो गोल्लोग्ली छोरीको योजनाबारे भन्छिन्, ‘उनले आफ्नो जीवनमा खोजेजस्तो केटा पाइनन् । बाँकी जीवन पनि एक्लै बिताउन सक्छु भनेर उनी विश्वस्त छिन् । म उनको पछाडि छु । उनको विवाहको लागि पर्खिरहेकी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment