Comments Add Comment

२४ घन्टामा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै

भनिन्छ नि, काल आएको छैन भने केही गरे पनि मरिदैन । यस्तै भएको छ एक ब्रिटिश नागरिक के रे बुडहालको हकमा ।

बुरस्टेरशायरमा बस्ने ५४ वर्षिय बुडहाललाई २४ घन्टाभित्र २७ पटक हृदयघात भयो, तर पनि उनी मरेनन् । डाक्टरहरुले असम्भव लाग्ने अवस्थाबाट उनको ज्यान जोगाइछाडे ।

बुडहाल ‘वाकिङ फुटबल’ खेलिरहेको बेला पहिलोपटक हृदयघात भएर ढलेका थिए । बेलायतमा बढ्दो उमेरका व्यक्तिहरुले सुस्त गतिमा खेल्ने फुटबललाई वाकिङ फुटबल भनिन्छ । हृदयघात भएलगत्तै उनका साथीहरुले नेसनल हेल्थ सर्भिसको हेल्पलाइनमा सुचना दिए । त्यसपछि उनलाई वुरेस्टरशायर रोयल अस्पतालमा लगियो, जहाँ डाक्टरहरुले उनको मुख्य धमनीमा दुई स्टेन्ट लगाउनुपर्‍यो ।

तर जटिलता त्यतिबेला ससुरु भयो, जब बुडहाललाई एकपछि अर्को अट्याक आउन थाल्यो । उनलाई लगातार २६ पटक अट्याक आयो तर उनी मरेनन् ।
बीबीसीको फाइभ लाइभ कार्यक्रममा कुरा गर्दै वुडहालले त्यस दौरान आफूलाई चिरनिद्रामा पुगिसकेको अनुभव भएको बताए ।

उनले भने, ‘जब मलाई होश आयो, मैले अस्पतालका स्टाफलाई निद्रामा हिँडेकोमा माफी मागेँ । तर उनीहरुले मलाई भने कि तपाईं निदाएको होइन, मरिसक्नुभएको थियो, तर हामीले तपाईंलाई जान दिएनौ ।’

उनको ज्यान कसरी बच्यो त ? बुडहाल आफैं भन्छन्, ‘एक नर्सले मसित मेरो छमाति कयौंपटक जोडले थिचेकोमा माफी मागेकी थिइन् ।’

बुडहालको खराब स्थितिलाई मध्यनजर गरेर अस्पतालले आफ्ना ६ जना विशेषज्ञको टीम तैनाथ गरेको थियो । यही सतर्कताले गर्दा उनको ज्यान जोगियो । यद्यपि उनलाई पूर्णरुपमा ठीक हुन अझै ६ महिना लाग्छ । यो घटना गत डिसेम्बरको हो । बुडहालको घटनाबाट के पुष्टि भएको छ भने यदि समयमै उपचार पाउने हो भने हृदयघाटबाट मानिसको जीवन बचाउन सकिन्छ । – बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment