Comments Add Comment

तपाईंका यी बानी, जसले लामो आयुको संकेत गर्छ

मानिसका केही व्यक्तिगत प्रवृत्ति हुन्छ । कोही रोमान्टिक हुन्छन्, कोही गंभिर । कोही झगडालु हुन्छन्, कोही दयालु पनि ।

मानिसका यस्ता अनेकन प्रवृत्ति एवं स्वभाव हुन्छन्, जसले उनीहरुको आयुको पनि संकेत गर्छ । अतः यहाँ त्यस्ता प्रवृत्ति र स्वभाव जानकारी दिइएको छ, जसले उनीहरुको आयु लामो भएको संकेत गर्छ ।

आफु स्वंमलाई जवान महसुष गर्नु

कतिले आफुलाई बुढो वा अशक्त ठान्दैनन् । आफ्नो वास्तविक उमेरभन्दा जवान भएको महसुष गर्छन् । यस किसिमको मानसिकताले स्वास्थ्यमा राम्रो काम गर्छ । नयाँ चुनौती सामना गर्ने शक्ति पनि प्रदान गर्छ । आफ्नो तनावको स्तर कम गर्छ र रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

धेरै साथीभाई बनाउने

कतिको स्वभाव हुन्छ, धेरै भन्दा धेरै साथीसँग घुलमिल हुने । यस किसिमको सामाजिक व्यवहारले पनि मान्छेको आयु बढाउन सहयोग गर्छ । समाजमा मिलेर बस्ने, सबैसँग घुलमिल हुनेहरु सधै स्वास्थ्य र उर्जावान् देखिन्छन् । उनीहरुको आयु लामो हुन्छ ।

जिन्दगीको आनन्द लिने

सधै रमाउने, खुसी हुने प्रवृत्तिका व्यक्तिहरु पनि दीर्घजिवी हुन्छन् । उनीहरुको मनमा गुनासो हुँदैन । सानोतिनो खुसीलाई पनि सेलिव्रेट गरिहाल्छन् । उनीहरुको आयु बढी हुन्छ ।

पैदल हिँड्ने

पैदल हिँड्न रुचाउनेहरु सधै स्वास्थ्य र जवान हुन्छन् । उनीहरुको शरीरको अंगप्रत्यांग चलायमान हुने भएकाले रक्तसंचार राम्ररी सुचारु हुन्छ । शारिरिक सक्रियताले गर्दा उनीहरुलाई दीर्घरोग लाग्दैन । अन्य रोगको संक्रमण पनि हुँदैन ।

घरमा काम गरिरहने

घरमा सानोतिनो भएपनि काम गरिरहने स्वभाव भएका मानिसहरु रोगी हुँदैनन् । जस्तो, घर सफा गर्ने, लुगा धुने, खाना पकाउने, ओछ्यान मिलाउने जस्ता क्रियाले शरीरलाई तन्दुरुस्त राख्छ । यस्ता प्रवृत्ति भएका मानिसहरुको आयु लामो हुन्छ ।

समयसँगै आफुलाई अपडेट गर्ने

बद्लिदो समयलाई आत्मसात गर्ने, समयसँगै आफुलाई अपडेट गर्ने जस्ता प्रवृत्तिले पनि मान्छेलाई बुढो हुन दिदैन । नयाँ फेसन, नयाँ प्रविधिसँगै उनीहरु एकाकार हुँदै अघि बढ्न रुचाउँछन् ।

थोरै खाना खाने

खाना खाने बानीले पनि तपाईको आयु निर्धारण गर्छ । थोरै खाना खाने स्वभाव भएकाहरु लामो आयु बाँच्छन् । यसले उनीहरुको शरीरमा बिकारयुक्त पदार्थ जम्मा हुन पाउँदैन, पाचन यन्त्र पनि तन्दुरुस्त रहन्छ । परिणामतः शरीर स्वास्थ्य र छरितो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment