Comments Add Comment

चरिकोटमा महिन्द्राको नयाँ शोरुम


१० फागुन, काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रालिले चरिकोटमा फागुन ९ गतेबाट नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न” सञ्चालनमा ल्याएको छ ।

नेपालका लागि महिन्द्रा, इन्डियाका तर्फबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतले शोरुमको उद्घाटन गरेका छन् ।

ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ । महिन्द्राका ट्रयाक्टर, पिक–अप तथा लोकप्रिय यु भि सिरिज लगायत सेवाहरु यस शोरुमबाट पनि दिइने भएको छ ।

अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको नाम र सेवालाई नेपालीहरु समक्ष सफतापूर्वक पुर्याउँदै आई आफ्नो सेवाहरु सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment