Comments Add Comment

‘रोयल इनफिल्ड हिमालयन द इभनिङ राइड’ सकियो


१० फागुन, काठमाडौं । एमभी दुगड ग्रुपको विवेक अटोमोवाइलस् प्रालिले आयोजना गरेको ‘रोयल इनफिल्ड हिमालयन द इभनिङ राइड’ सम्पन्न भएको छ ।

राइडमा ४५ वटा रोयल इनफिल्ड हिमालयनका राइडरहरुले सहभागीता जनाएका थिए । इभनिङ राइड बालाजु सोरुम बाट शुरु भईबालाजु चौक, नयाँबजार, लैनचौर, केशर महल, दरबारमार्ग, घण्टाघर, भद्रकाली, शहिद गेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, भणिमण्डल, झम्सीखेल पुगेर सम्पन्न भयो ।

रोयल इनफिल्डका हेड अफ अपरेसन श्री मेघराज पौडयाल तथा रोयल इनफिल्ड इन्डिया बाट नेपालका लागि टेरिटोरी सभिर्स मेनेजर पिउस पाण्डेले राइडको शुभारम्भ गरेका थिए ।


राइडको मुख्य उद्देश्य सिस्टमेटिक सेफ ग्रुपराइड र टु हिल राइड टुरिजमको विकास र पर्यटकीय क्षेत्र झम्सीखेल प्रवर्द्धर्न गर्नुरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment