Comments Add Comment

देउवा र चिनियाँ राजदूतबीच भेट, चुनाव घोषणाको स्वागत

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि चिनियाँ राजदूत यू होङबीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा नेपाल र चीन बिचको आपसी सहयोग र सदभावपूर्ण सम्वन्ध तथा समसामयिक विषयमा छलफल भएको छ ।

राजदूत होङले नेपालमा स्थानिय तहको निर्वाचनको मिति घोषणा भएकोमा खुशी व्यक्त गरेकी छन् । साथै नेपालमा पर्यटन, कृषि, विद्युत लगायतको क्षेत्रमा विकासका लागि सहयोग पुर्याउन चीन इच्छुक रहेको बताएको देउवाको निजी सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति देउवाले आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष रहेकोले स्थानीय तहको निर्वाचन गरिनु अपरिहार्य भएको बताए । साथै उनले संविधान संशोधनका लागि संसदमा पेश भएको संशोधन प्रस्ताव पारित हुने र तराई केन्द्रित दलहरुको भावना समेत सम्वोधन हुने विश्वास दिलाएका छन् ।

उनले नेपालको विकासमा चीन सरकार र त्यहाँका जनताबाट प्राप्त निरन्तर सहयोग र सद्भावको हार्दिक सह्राना गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment