Comments Add Comment

लामखुट्टे खाने लामखुट्टेबाटै डेंगु उन्मुलन !

प्राणघातक डेंगु रोगको रोकथामको दिशामा चलिरहेका विभिन्न प्रयासहरुका बीच भारतको कलकत्ता विश्वविद्यालयका शोधकर्ताहरुले निकै फरक ढंगको मिसनमा काम गरिरहेका छन् ।

उनीहरु प्रयोगशालामा एक खास लामखुट्टेको प्रजननमा ध्यान दिइरहेका छन् । उक्त लामखुट्टे हो, लुत्जिया फुसाना । उक्त लामखुट्टेले डेंगु रोग सार्ने एडिज एजाइप्टिज नामक लामखुट्टेलाई सखाप पार्नेछ, उसका लार्भा खाइदिएर ।

 

शोधकर्ताहरुले धानखेत, दलदल, झरना आदि ठाउँहरुबाट अविकशित लुत्जिया लामखुट्टे जम्मा गरेका छन् । प्रयोगशालामा उनीहरुले लुत्जिया लामखुट्टेका लार्भाहरुले एडिज प्रजातिको लामखुट्टेका लार्भाहरुलाई खाइदिने गरेको पाएका छन् ।

एउटा लुत्जियाको लार्भाले एक दिनमा १९ देखि २४ वटासम्म एडिस एजाइप्टिज लामखुट्टेको लार्भालाई खाइदिने गरेको छ । लुत्जिया प्रजातिको लामखुट्टे बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, जापान, कोरिया, मकाउ, मलेसिया, म्यान्मार, नेपाल, पाकिस्तान, फिलिपिन्स, रुस, श्रीलका, थाइल्याड तथा भियतनाम लगायतका देशमा पाइएको छ ।

गत डिसेम्बरमा इटालीको एक म्यागेजिनमा भारतीय शोधकर्ताहरुको यस सम्बन्धी रिपोर्ट प्रकाशित भएको थियो । शोधकर्ताहरुका अनुसार लुत्जिया लामखुट्टेका लार्भालाई व्यापक रुपमा फैलाउन सकिएमा डेंगु सार्ने लामखुट्टेका लार्भाहरु सखाप हुनेछन् र यसले डेंगु रोग नियन्त्रणमा सहयोग पुग्नेछ ।

डेंगु सार्ने एडिस लामखुट्टेलाई मार्नका लागि विषाक्त रसायनको प्रयोग गर्नुको साटो लुत्जिया लामखुट्टबाट गरिने जैविक नियन्त्रण विधि निकै सुरक्षित तथा प्रभावकारी हुने शोधकर्ताहरु बताउँछन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment